कपिल शर्मा परिवारसहित अमेरिका
२०७२ साउन १० गते
प्रकाशित

तीन साताको अस्पताल बसाईपछि घर फर्किएका कपिल ‘केमेडी नाईट वीथ कपिल’ की हजुरआमा (अली असगर), बुबा (उपासना सिंह), पलक, गुत्थी लगायतको टोली लिएर अमेरिका गएका छन् । अमेरिका र क्यानडामा केही शो गरेपछि कार्यक्रमको सुटिङमा सहभागी हुने कपिलको भनाई छ ।
अमेरिकाको एटलान्टिक सिटी र न्यु जर्सीमा कार्यक्रको सुटिङ गरिने भएको छ । कपिल बिरामी हुनुअघि नै उनीहरुको यो कार्यक्रम तय भएको थियो । कपिल बिरामी भएर अस्पताल भर्ना भएपछि कपिलले कार्यक्रम छोड्न लागेको हल्ला पनि थियो तर, कपिलले अन्तिम समयमा कार्यक्रमको सुटिङ गर्ने जानकारी दिए ।
‘म एउटा ब्यबसायीक कलाकार भएकाले अन्तिम भागहरुलाई अझ रोचक बनाउन प्रयाश गर्ने छु ।’ कपिलले भारतीय समाचार संस्थासंग कुरा गर्दै भने ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook