हाम्रो समय

भारतीयले कुलो भत्काइदिएपछि झडप






वीरगन्ज :नेपालीभूमीबाटबगेको कुलो भारतीयले जबरजस्तीभत्काइ दिएपछि पर्साको ठोरीमा सोमबारदिनभर नेपाली र भारतीय बिचझडप भएको छ।

नेपालभारत बिचको सीमामा रहेको ठुटे खोलाको कुलोको पानीकोविषयमा विवाद हुदा भारतीयहरुलेनेपाली भूमी भित्रै पसेरनेपालीमाथि आक्रमण गरेका हुन्।भारतीयहरुको आक्रमणबाटएक जना प्रहरी जवान सहितचारजना गम्भिर घाइते भएकाछन्।

नन्द लाल महत्तो ,पर्सा निर्मलवस्ती २ घरभएका नेपाल प्रहरीका भुपु हवल्दार नारायण प्रसाद पाठक ,निर्मलवस्ती १रामनगरका चन्द्र बहादुरमिजाररत्यही ठाँउका तिलक बहादुरबस्नेत रहेका छन्।

उनीहरु मध्येप्रहरी जवान महत्तोको टाँउको फुटेको र उनलाइ थप उपचारकालागि चितवनको भरतपुर पठाइएको इलाका प्रहरी कार्यालयठोरीका प्रहरी निरिक्षक ध्रुब बहादुर श्रेष्ठलेजानकारीदिए। ठुटे खोला क्षेत्रमासोमबारबेलुकी सम्मभारतीयहरुलेढुंगामुढा गरेको स्थानीयरामशरण लामिछानेले बताए।

सीमा पारिको भीखना ठोरीमा रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीकोबेस क्याम्पका सुरक्षाकर्मीहरुको आडमा भारतीयहरुले नेपालकोसीमा क्षेत्रमै पसेरनेपालीहरु माथि आक्रमणगरेको लामिछानेलेबताए।एसएसबीले बन्दुक ताके र बसे ,अनि भारतीयले अन्धाधुन्द ढुङगा बर्साए, उनले भने ।

नेपाली भूमीमा रहेकोठुटे खोलामा तीनवटा कुलो छ ।तीन वटा कुलो मध्येदूइ वटाकुलो भारतकोएकवा र भवानीपुरकाकिसानले तथाबाँकी अर्को कुलोपर्साको निर्मलवस्तीगाविसको नयाँवस्ती,रामनगरर बुद्धनगरका किसानहरुले प्रयोग गर्दै आएका छन्।

लामोसमय देखिकोखडेरीका कारण धान रोप्न नपाएपछि निर्मलवस्तीका किसानले शनिवारभारत तर्फ बगेको कुलो थुनेरआफनोगाँउतर्फ फर्काएका थिए ।त्यसकै निहुमा भवानीपुरकाभारतीयहरुले आइतवारभारतको जमुनियाबाट किनमेल गरेरघरर्फ कदै गरेका निर्मलवस्ती रठोरीकाचार जना नेपालीलाइ कुटपिटगर्दै सामान खोसेपछि विवाद शुरु भएको हो।

भारतीयहरुले आइतवारनै ठुटे खोलामा नेपालीहरुले प्रयोग गर्दै आएको कुलोपनि भत्काउनथालेपछि कू लाको रेखदेख

प्रतिकारगरेका थिए ।त्यपछि भारतीयहरुलेउनिमाथि हातपात गर्दै बन्धक बनाएका थिए ।

भारतीयहरुलेचौकीदार तामांगलाइ बन्धक बनाएरभारत तर्फ लैजादै गर्दा निर्मलवस्ती रामनगरका नेपालीहरुले तामांगको उद्धारगरेका थिए ।कुलोकोविषयमा भएको विवाद सामाधानका लागि सोमबार इलाका प्रहरी कार्यालयठोरीमा दुवै देशका स्थानीय अगुवा रसुरक्षाकर्मीहरु बिचछलफल गर्ने सहमति आइतवारभएको थियो।

आइतबारको सहमति अनुसार सोमबारइलका प्रहरी कार्यालयठोरीमा भारतका तर्फ बाटएसएसबीका असइ , भारतको सुभद्रा प्रहरी थानाकासइ ,भीखना ठोरीका अगुवा शेषनाथ यादव रधमौराका मुखिया दयानन्द सहनी लगायतको टोली पुगेको थियो । तर निर्मलवस्तीका अगुवाहरुले वार्ता विवादीत सीमा क्षेत्र ठुटे खोलामैहुनुपर्ने भन्दै अडान लिए पछि भारतीय टोली वार्ता नैनगरि फर्कि एको थियो ।

भारतीय टोलीफर्कि ए लगत्तै सीमा क्षेत्रमा भाला , लठठी र गुलेली सहित करिब तीनसयको संख्यामा आएका भारतीयहरुले नेपालीभुमी भित्रै पसेरनेपालीहरु माथि ढुंगामुढा गर्न थालेपछि दुवै पक्ष बिचझडप भएको पर्साका प्रमुख जिल्ला अधिकारी के शवराज घिमिरेलेबताए ।

स्थिती साम्य पार्न सुर्वणपुरतथा चितवनको बाँदरझुलाबेस क्याम्पबाटठोरीमा थप सशस्त्र प्रहरीको टोली पठाइएको उनले बताए ।घटना भएको खबरपाए लगत्तै आफुले भारतको पश्चिमी चम्पारणका डिएमसंग फोनमाकुराकानी गरेर सीमाक्षेत्रमा रहेका भारतीयहरुलाइ फर्काउनआग्रह गरेको प्रजिअ घिमिरेले अन्नपुर्ण पोष्टलाइ बताए ।

ठूटे खोलाकोकुलोको पानी प्रयोगको विषयलाइ लिएर भारतीय रनेपाली बिचपटक पटक विवाद र झडपहुदै आएको छ ।यसअघि २०७० सालको बैशाख २३ गते पनि कुलोकै पानीको विषयलाइ लिएरनेपाली रभारतीयबिच झडप भएको थियो।

त्यसबेलाविवादीत स्थलमैदुवै देशका सुरक्षाकर्मीको उपस्थितीमा भएको वार्तामा नेपालीपक्षलेपूर्ववत्रुपमा ठुटे खोलाको बाँधबाटभारतीयकिसानलाई दुईवटाकुलो बनाएर पानी लैजानदिने सहमती जनाएपछि विवाद समाधानभएको थियो ।

ठोरी रनिर्मलवस्तीका वासीन्दाहरुको किनमेलगर्ने बजार भारतको भिखनाठोरी हो ।नेपालको स्थलमार्ग अप्ठयारो भएकाले ठोरी र निर्मलवस्तीगाविसका नागरिक सदरमुकाम वीरगन्ज आउजाउगर्न भनि भिखना ठोरीकै रेलमार्ग प्रयोग गर्दै आएका छन्।

भारतीयसंगको तनावले दैनिक उपभोग्य वस्तु समेत खरिद गर्न नपाएपछि उनिहरुलेबाध्य भएरत्यति बेला सम्झौता गरेका थिए ।त्यतिबेला पनिकुलोको विषयलाई लिएर भिखनाठोरी नाकामा भारतीयहरुले नेपालीहरुलाइ आउजाउगर्न नैरोक लगाउनुका साथै किनमेल गर्न जाने नेपालीहरुलाइ कुटपिटसमेत गरेका थिए ।भारतीयहरुले नेपालप्रहरीका तीन जना सुरक्षाकर्मीलाइ समेत कुटेर घाइते बनाएका थिए ।

ठोरीको सीमापारिभारतको भिखना ठोरीमा रहेका एसएसबीले पनिनेपालीहरुलाइ दुख दिदैआएकाछन् । ठोरीको भन्सारक्षेत्रमा माइती नेपालको बिटको निर्माणकार्य पनि एसएसबीकै अवरोधका कारण अलपत्र परहेकोछ । दशगजाक्षेत्र भन्दा पाचसय मिटरवरनेपाली भूमीमा बनाउन थालिएको बिटनिर्माणस्थल भारतीय भूमीमा रहेको भन्दै एसएसबीले अवरोधगरेपछि त्यसै अलपत्र परहेको स्थानीयशिक्षक प्रेमलामाले बताए ।

सीमावर्ती भिखनाठोरीकाभारतीय रएसएसबीलेपटक पटक नेपाली भूमी अतिक्रमण गर्दै आएको स्थानीयवासीको भनाइ छ ।चार वर्ष पहिलेअघि ठुटे खोलामा निर्माण गर्न लागिएको पूल पनिभारतीयसुरक्षाकर्मीकै बलमिच्याइ कारण निर्माण हुन सके को छैन ।पूलनिर्माण स्थलनेपाली भूभागमा रहे पनि भारतीय सुरक्षाकर्मी एसएसबीले भारतीयभूमीमा परेको भन्दै पुलबन्न दिएको छैन

0 comments

प्रतिक्रिया दिनुश

Facebook