सबैभन्दा सानो ‘उफ्रिने मुसा’ चीनमा भेटियो
दैनिकनेपाल २०७२ साउन १०गते २१:२४
उरुम्की (चीन), १० साउन। चीनको उत्तरपश्चिममा अवस्थित सिनजिया युगुर स्वशासित प्रान्तका एक व्यक्तिले विश्वकै सबैभन्दा सानो तीनऔंले ‘उफ्रिनेमुसो’ भेटेको बताइएका छन्।
चिनियाँ नागरिक तथा चराविज्ञ चेन वेन्जाइले उक्ततीन औंले मुसोलाई आफ्नो ग्रामीण यात्रामा होटान प्रशासनिकप्रान्तको सडकमा भेटेको दाबी गर्नुभयो ।
सुङ्गुरकोजस्तो मुख रपानीको बोटलको बिर्कोभन्दा सानो शरीर भएको उक्तउफ्रिनेस्तनधारी जनावर आफ्नो कारको अघिल्तिरभेटेपछि बोटलभित्र राखेर घरमा लगेको बेन्जाईले बताउनुभयो ।
युआन मुद्राको एउटा डबल बराबर तौलभएको उक्त मुसो प्रायजसो आफ्नो पुच्छरले शरीरलाई बाँधी सुत्नमन पराउने पनि उहाँलेबताउनुभयो । “यो दिनमा १७ घण्टाभन्दा बढी सुत्न मन पराउँछ,” बेन्जाइले उसको सुरुका गतिविधि अवलोकनपछि भन्नुभयो ।
तर, सिनजियाङको रोगनियन्त्रण तथा रोकथाम केन्द्रका अनुसन्धाता जियाङ वेइले यो मुसो नभई मुसोजस्तै देखिने ‘रोडेन्ट’ भएको दाबी गर्नुभयो ।
रोडेन्ट सिनजियाङको दक्षिणमा अवस्थित मरुभूमि वरिपरी पाइने गरेको समेत उहाँलेबताउनुभयो । आयु करिब दुई वर्ष हुनेयो प्राणी अतिसानो हुने भएकाले शरीरमा जम्मा हुने बोसो पनि यसको पुच्छरमा रहने समेत अनुसन्धाता जियाङले बताउनुभयो ।रासस/एएफपी
0 comments
प्रतिक्रिया दिनुश
Facebook