हाम्रो समय

लाभाले ल्यायो कम मूल्यमा धेरै विशेषता भएको स्मार्टफोन



काठमाडौं, साउन १७

बजारमा  सुविधासम्पन्न स्मार्टफोनहरुको माग बढ्दै गइरहेको छ। अहिले मानिसहरु पर्याप्त मेमोरी, उच्च क्षमताको र्‍याम र प्रोसेसरका साथै उच्च मेगापीक्सेलको क्यामरा भएको फोनलाई आफ्नो रोजाइमा राख्ने गर्छन्। उच्च विशेषता भएका स्मार्टफोन उच्च मूल्यका कारण सामान्य प्रयोगकर्ताहरुको पहुँचमा नहुन सक्छन्।

यहि कुरालाई ध्यानमा राख्दै भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभाले कम मूल्यमा धेरै विशेषता भएको स्मार्टफोन बजारमा ल्याएको छ। लाभा एक्स ८ क्यु नाम दिइएको यस फोनमा प्रयोगकर्ताहरुले कम मूल्यमा धेरै विशेषता पाउन सक्नेछन्। लाभा एक्स ८ क्युको मूल्य करिब १४ हजार रुपैयाँ रहेको छ।

लाभा एक्स ८ क्युका विशेषताहरुः

स्क्रिनः ५ इन्च (७२०×१२८० पीक्सेल रिजोलुशन) एचडी डिस्प्ले

हार्डवेयरः १.३ जीएचजेड क्वाडकोर मिडियाटेक प्रोसेसर

र्‍यामः १ जीबी, ८ जीबी इन्टरनल मेमोरी, ३२ जीबी सम्म बढाउन मिल्ने

क्यामराः अगाडि ५ मेगापीक्सेल र पछाडि ८ मेगापीक्सेल

अपरेटिङ सिस्टमः एन्ड्रोइड ४.४ किटक्याट

डाइमेन्सनः १४३.५×७०.८×७.७ मिमि

ब्याट्रीः २५०० एमएएच पावर (निकाल्न नमिल्ने)

रङ्गः कालो र सेतो

अन्य सुविधाः जीपीएस, वाईफाई, ब्लुटुथ, माइक्रो युएसबी पोर्ट आदी।

0 comments

प्रतिक्रिया दिनुश

Facebook