हाम्रो समय

एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस ९ को बेटा भर्जन रिलिज




  एप्पलले आइओएस ९ (IOS 9)को बेटा भर्जन रिलिज गरेको छ। एप्पल पहिलो पटक आफ्नो सफ्टवेयरको यसरी बेटा भर्जन रिलिज गरेको हो। जस-जसको आइफोनमा आइओएस सर्पोट गर्छ, आइओएस ९ को बेटा भर्जन डाउनलोड गरि इन्स्टल गर्ने मिल्छ।


यो बेटा भर्जन भएकै कारणले गर्दा यसमा कैंयोँ समस्याहरु आउनसक्छन्। तर यस्ता ग्लिच वा बग आएमा एप्पललाई सुझाव दिन सकिन्छ। आइओएस ९ डाउनलोड गर्नुभन्दा अघि आइफोनको डाटाहरुलाई आइट्युन्स तथा आइक्लाउडमा ब्याकअप लिन भने भुल्न हुदैन।

तपाइले यो अपरेटिङ सिस्टम आफ्नो आइफोन वा आइप्याडमा डाउनलोड गर्न पनि सक्नुहुन्छ तर एप्पले कुनै अर्को डिभाइमा इन्स्टल गर्न सुझाव दिएको छ। जसले गर्दा परीक्षणको क्रममा केहि गडबड भयो भने तपाइको महत्वपुर्ण डाटाहरु गुम्ने सम्भावना कम हुन्छ।

नयाँ बेटा भर्जनको आइओएस् डाउनलोड गर्नको लागि तपाईँले beta.apple.com वेबसाइटमा गएर आफ्नो एप्पल आइ.डी बाट साइन अप गर्नुपर्ने हुन्छ।

थाहा भएकै कुरा हो, यो नयाँ आइओएस् ९ मा पहिलेको भन्दा धेरै नयाँ सुविधाहरू छन् । त्यससँगै फन्ट (Font) लाई पनि ‘हेल्भेटिका न्युए’ (Helvetica Neue) बाट ‘सान फ्रान्सिस्को’ (San Francisco) मा परिवर्तन गरिएको छ। यो ओएस् मा किबोर्ड करेक्सन गरिएको छ जहाँ सिफ्ट कि(Shift key) प्रेस गर्दा त्यहाँ भएको एरोको रङ्ग परिवर्तन हुन्छ ताकि हामीलाई बुझ्न सजिलो होस्।

अरू सुविधाहरूमध्ये चलिरहेका एपहरुलाइ क्यास्केड गरेर राख्न सकिन्छ। त्यसको साथसाथै ब्लुटुथ किबोर्डको टुलबारको पनि फिचर थपिएको छ जसले शब्द अनुमान गर्ने र छिटो कट, कपी र पेस्ट गर्न मद्धत गर्छ।

यो नयाँ ओएसमा पावर म्यानेजमेन्टको लागि थप सुविधा भएको ब्याट्रि सेभिङ फिचर पनि राखिएको छ।

यो बेटा ओएसको समय‍-समयमा नियमित अपडेटहरु रिलिज हुनेछ। जो पब्लिक बेटा प्रोग्राममा सहभागी भएका छन्, उसले यो ओएसको फाइनल भर्जनमा अपग्रेड हुन पाउनेछन्।

0 comments

प्रतिक्रिया दिनुश

Facebook