सप्तरीको सबै परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष
राजविरा
ज, साउन २१ – बुधबारदेखि सुरु भएको एसएलसी पुरक परीक्षका लागि निर्धारण गरीएको तीनबटै परीक्षा केन्द्रमा यहाँ महिला केन्द्राध्यक्ष राखिएको छ ।
सप्तरीमा पहिलो पल्ट एसएलसी पुरक परीक्षका लागि तोकिएको सबै परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्षलाई जिम्मेबारी दिइएको हो ।
जिल्ला शिक्षा कार्यालय सप्तरीका अनुसार यहाँस्थित केअ मावि परीक्षा केन्द्रमा राजेश्वरी चौधरी, पवि उच्च मावि परीक्षा केन्द्रमा चित्र लेखा देव र राजदेवी उच्च मावि परीक्षा केन्द्रमा निलम मिश्रालाई केन्द्राध्यक्षको जिम्मेबारी दिईएको छ ।
पहिला दिनको परीक्षा संयमित र मर्यादित ढंगले सञ्चालन भएको पायौ, परीक्षा केन्द्रको अनुगम गर्न पुगेका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले भने ।
उनले महिलाले पनि सफलता पूर्वक कामगर्न सक्छन भनेर हौसला दिन पनि अनुगमनमा गएको बताए । महिलाले पनि अवसर पाए सबै काम जिम्मेबारीपूर्ण रुपमा सम्पन्न गर्न सक्छन भन्ने देखाउन र प्रयोग गर्नपनि यस पल्ट सबै महिला केन्द्राध्यक्ष छानेको जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले बताए ।
एसएलसी पुरक परीक्षामा यस पल्ट १ हजार ५ सय ७४ जना परीक्षार्थी सहभागी छन । जसमध्ये अधिकांश अंग्रेजी, गणित र समाजिक विषयमा अनूत्र्तिण भएका परीक्षार्थी रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook