हाम्रो समय

काठमाडौंमा फेरि भूकम्पको धक्का





काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंकै टेकुमा केन्द्रबिन्दु भएको ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो

टेकु केन्द्रबिन्दु भएको भूकम्पले आइतबार दिउँसो ३ बजेर ४४ मिनेटमा काठमाडौं उपत्यका र आसपासका क्षेत्र हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ म्याग्निच्यूडको परकम्प गएको छ ।

‘गोरखा भूकम्प' पछि हालसम्म चार म्याग्निच्यूड वा त्यसमाथिका तीन सय ८० वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook