हाम्रो समय

५४ यात्रुसहितको हवाइजहाज वेपत्ता


काठमाडौं : ४९ जना यात्रु र पाँचजना चालक दलका सदस्य बोकेकोे एउटा जहाज इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तबाट वेपत्ता भएको छ ।

५४ जना यात्रु लिएर उडेको आन्तरिक उडानको इन्डोनेसियन जहाज आइतबार दिउँसो पपुवा क्षेत्रको आकाशबाट वेपत्ता भएको हो ।

आन्तरिक उडानमा रहेको जहाज जयपुरा सेन्तानी एयरपोर्टबाट ओक्सिबिलका लागि उडेको थियो । जयपुरा पपुवा प्रान्तको राजधानी समेत हो ।

जहाज स्थानीय समय अनुसार ५ बजेर २१ मिनेटमा पपुवाको राजधानी सेन्तानीस्थित एयरपोर्टको टावरको सम्पर्कमा थियो । ५ बजेर ५५ मिनेटमा ओक्सिबिल विमानस्थलमा उत्रने तालिका रहेको जहाज हराएपछि खोजी शुरु भएको छ ।

इन्डोनेसियाको नेशनल रिसर्च एन्ड रेस्क्यू एजेन्सीले देशको पूर्वी क्षेत्रको पपुवास्थित आकाशमा अन्तिम पटक सम्पर्क भएपछि जहाज बेपत्ता भएको हो ।

त्रिगाना एयरलाइन्सको सो जहाजजमा ४४ जना बयस्क यात्रु, ५ जना बालबालिका र ५ जना चालक दलका सदस्य रहेको पुष्टि रेस्क्यु सेन्टरका प्रमुख बामबाङ स्वेलेस्ट्योले गरेका छन् ।

यसअघि गत डिसेम्बरमा इन्डोनेसियाको सुराबायाबाट १६२ यात्रुसहित सिंगापुरका लागि उडेकाे एयर एसियाको जहाज पनि दुर्घटनामा परेको थियो ।

इन्डोनेसियामा हवार्इजहाजको उडान सुरक्षा चिन्ताको विषय बन्दै गएपछि त्यहाँको सरकारले सुरक्षा अवस्थाबारे समीक्षा गर्ने जनाएको थियो ।

गत जुलार्इमा पनि इन्डोनेसियन सेनाको जहाज देशको उत्तरी क्षेत्रमा दुर्घटनामा पर्दा एक सय जना मारिएका थिए ।

,

0 comments

प्रतिक्रिया दिनुश

Facebook