बाहुबली-२ को स्क्रिप्ट लिकः रहस्य खुल्यो
एजेन्सी ।
दक्षिणको चलचित्र भएपनि बलिउड मुलधारका चलचित्रलाई समेत धुलो चटाएको चलचित्र बाहुबलीको पहिलो श्रृंखला मात्र रिलिज भएको छ । यसको भाग २ आउन बाँकी नै छ ।
बाहुबलीले अहिले सम्म ८०० करोड कमाइ गरिसकेको छ । अव यसको भाग २ छिट्टै आउँदैछ । तर यो फिल्मको दोश्रो भाग रिलिज नहुँदै भाग २ को स्क्रिप्ट लिक भएर यसको रहस्य भने खुलासा भएको छ ।
पहिलो भागमा माहिष्मतीको सिंहासनमा गुलामको भूमिकामा रहेको कटप्पाले बाहुबलीलाई किन मारेको हो भन्ने रहस्य खुल्न बाँकी रहेको थियो । अव भने कटप्पाको विषयमा रहस्य खुलेको छ ।

पूर्वज समेतका कारण जन्मदेखि नै गुलाम रहेका कारण त्यही काम गरिरहेको खुलासा आगामी फिल्मबाट हुनेछ । बाहुबली राजा बनेपछि देवसेना र बाहुबलीबीच प्रेम बढ्छ । यसैबीचमा भल्लालदेवको मनमा पनि देवसेनासँग प्रेम रहेको खुलासा हुन्छ ।
यसैबीच राजमाताले जसले देवसेनासँग विवाह गर्छ उसले देश छोड्नु पर्छ भनेका कारण बाहुबली विवाह गरेर राज्यबाहिर जान्छ । त्यसैबेला कालकेयको छोरा फर्केर माहिष्मतीविरुद्ध युद्ध छेंड्छ । युद्धकै कारण बाहुबलीलाई राज्यमा फर्किनु पर्छ र युद्ध जित्छ पनि ।
बाहुबली फर्केर युद्ध जितेपछि भललालदेवलाई राजमाताले पुनः उसैलाई राजा बनाउने चिन्ता लाग्न थाल्छ ।
चर्चित फिल्म बाहुबलीमा गरिएका १० गल्ती (फोटो सहित)
उसले कटप्पालाई बाहुबलीलाई मार्न आदेश दिन्छ । यही कथामा आधारित छ बाहुबलीको दोश्रो भागको कहानी ।
यसरी तयार गरिएको थियो बाहुबलीका खतरनाक दृष्य (फोटो फिचर)
कटप्पाले राजसिंहासनको गुलाम भएका कारण सो सिंहासन भल्लादेवको अधिनमा रहेका कारण उसको आज्ञा पालना गर्न बाहुबलीलाई आक्रमण गरेको खुलासा यो दोश्रो भागमा भएको छ । बाहुबलीसँग भिडन्त गरेर मृत्यु बरण गर्नु परेको कहानी यो स्क्रिप्टले खुलासा गरेको हो ।
यस अघि बाहुबलीमाथि कटप्पाले किन हतियार उठायो भनेर ब्यापक उत्सुक्ता भैरहेको थियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook