आईफोन, आईप्याड पछि अब आईकार पनि
विश्वको मोबाइल बजारमा ठुलो हिस्सा ओगटेको एप्पल र इन्टरनेटको अग्रडी कम्पनी गुगल बिच अब स्वचालित कारमा पनि प्रतिपर्धा हुनसक्ने अनुमान लगाइएको छ।
एप्पल आफ्नै स्वाचालित कार परिक्षण गर्न ठाउँको खोजीमा रहेको जानकारी बाहिर आएको छ। कार बनाइसकेर परिक्षण गर्न तयार भएको हो या केवल नयाँ कारको प्रोजेक्ट सुरु गर्न लागेको, सो भने खुलासा भएको छैन। तर सुरक्षित र गोप्य परिक्षण क्षेत्र खोजीको लागि भने एप्पलले चाख देखाएको बताइन्छ।Possible
एप्पलले आधिकारिक रुपमा केही नबताएपनि एप्पलका फ्यानहरु भने सम्भावित स्वचालित कारको डिजाइन सोच्न थालिसकेका छन्।
होन्डाको कार परिक्षण गर्न सहकार्य गरिरहेको ‘गोमेन्टम स्टेसन’ का अधिकारिहरु एप्पलले परिक्षण गर्ने ठाउँको बारेमा चासो देखाएको बताउँछन्। तर एप्पलबाट कोही पनि नआएकाले सहमति भने भइनसकेको बताइन्छ।
के हो स्वाचालित कार?
अन्य सामान्य कार झै स्वचालित कारलाई ड्राइभर चाहिदैन। ‘जीपिएस’ प्रविधिले (ग्लोबल पोजिसनिङ सिस्टम) ले स्थान अनि बाटोको जानकारी दिन्छ। ‘जीपिएस’ सामान्य कारमा विकसित देशहरुले बाटो पत्ता लगाउन प्रयोग गर्दै आएका छन्।
स्वचालित कारले जीपिएसको मद्धतले कुन बाटो जाने निर्णय गर्न सक्छ। यो कारले लेजर प्रविधिको सहायताले बाटोमा भएका अन्य गाडी तथा मानिसहरु बारेमा जानेर कति गतिमा कुद्ने, कहाँ रोक्ने देखि गाडी चलाउँदा ड्राइभरले गर्ने क्रियाकलाप गर्न सक्छ।
कम्प्युटर र मोबाइलको दुनियामा अग्रडी कम्पनी एप्पल अब बिस्तारै स्वाचालित कारको प्रविधिमा हात हाल्ने अनुमान गर्न सकिन्छ। स्वचालित कारमै वर्षौको अनुसन्धान र परिक्षण गरिरहेको गुगलले भेट्ने यो नयाँ प्रतिद्वन्दीसंग कुनै नौलो अनि छरितो प्रविधि छ भने केही वर्षमै बिना चालक भरपर्दो स्वचालित कार सडकमा देख्न सकिने छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook