हाम्रो समय

डाइभर्सनले तीनकुनेमा थुनियो बागमती,सडक जलमग्न



राजधानीको तीनकुने–शान्तिनगर हुँदै बग्ने बागमती नदीको पुल नजिकै दुबैतर्फ निर्माण गरिएको डाइभर्सनका कारण उक्त क्षेत्र सोमबार बिहानैदेखि जलमग्न हुन पुगेको छ ।



पुलको पचास मिटर तलमाथि निर्माण गरिएको डाइभर्सन ६ महिना नबित्दै बाढीले यसअघि बगाएको थियो ।यस्तै पुनर्निर्माणको एक महिना नबित्दै फेरि दुबै डाइभर्सन बगाएकै कारण अहिले जलमग्न हुन पुगेको हो ।

आइतबार रातिको वर्षाका कारण बागमती नदीमा बाढी आएपछि डाइभर्सनका कारण आसपासका क्षेत्र जलमग्न भएका छन् भने डाइभर्सन पनि बगाएको छ ।नदीको किनारामा सिद्धेश्वर माध्यमिक विद्यालय र भिएस निकेतन स्कुल रहेका छन् ।

राती परेको वर्षाका कारण बढेको बागमतीलाई डाइभर्सनले थुनिदिएका कारण सिद्धेश्वर माविको कम्पाउण्ड समेत डुवानमा परेको छ । साथै नदी किनार वारीपारीका करिडोर पनि डुबानमा परेका छन् ।डेढ करोडको लागतमा बनाइएका यी डाइभर्सनले नदी थुनिदा मानवीय क्षतिसमेत हुने त्रास स्थानीयमा पैदा गराएको छ ।


0 comments

प्रतिक्रिया दिनुश

Facebook