नेपाल टेलिकमको एप
काठमाडाैं साउन २८
नेपाल टेलिकमले एप सार्वजनिक गरेको छ । एप मार्फत कम्पनीका जिसिएम सीडिएमए पीएसटीन र एडीएसएल सेवाहरुको वारेमा आवश्यक जानकारी लिन सकिने उसले जनाएको छ । त्यसैगरी रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ ।
यसबाट १९७ मा डायल गरी सोधपुछ सेवा प्राप्त गर्न पनि सकिन्छ ।
उक्त एप मा कम्पनीले उपलब्ध गराउदै आएको सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ । जिएसएम पोस्पेड र प्रिपेड मोबाइलमा नमस्ते रिचार्ज कार्डबाट तथा यी सबैमा १४१३ नम्बरमा डायल गरी अाइभीअार मार्फत बिल भुक्तानी गर्न सकिन्छ ।
त्यसैगरी यी सबैमा अनलाइन पे मेन्ट गेट वेको सहयोगले टपअप गर्न सकिन्छ । यसको लागि कुनै पनि सर्ट कोडहरु सम्झिरहनु नपर्ने टेलिकमले जनाएकाे छ ।
कम्पनी वा एप सम्बन्धी कुनै सल्लाह सुझाब र गुनासो समेत यही एप मार्फत उपलब्ध गराउन सकिन्छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook