हाम्रो समय

कांग्रेस नेता केसी मान्छेको घरमै गएर गोली हान्न पाइँदैन्




बिहिबार बिहान प्रहरीको गोली लागेर मृत्यु भएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे‘ मारिएको विरोधमा टिचिङ अस्पतालमा महाराजगञ्जमा अहिले नाराबाजी भइरहेको छ। प्रहरीले गोली हानाहानमा घाइते भएका घैँटेलाई उपचारार्थ अस्पताल ल्याएको थियो।

‘गृहमन्त्रीको सिधा आदेशमा प्रहरीले गएर मारेको हो। दोहोरो भीडन्तमा होइन,’ अस्पताल परिसरमा भेटिएका सभासद तथा कांग्रेस नेता जगदीश नरसिंह केसीले भने।




उनीसहित घैंटेका समर्थकले प्रहरीले मारिएका घैटेका पक्षमा नाराबाजी गरिरहेका छन्। उनीहरुले ‘मान्छे मार्न पाईंदैन‘ भन्ने नारा लगाएका छन्।

नेता केसीले ‘घैंटेले अपराध गरेको भए कानुन अनुसार कारबाही गर्नुपर्ने तर मानिसको घरमै गएर प्रहरीले गोली हान्न नपाउने’ बताए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook