लघु जलविद्युतबाट बिजुली आएपछि डाडाँझेरीकाजनतादङ्ग

नवलपरासीको विकटपहाडी डाडाँझेरी गाविसका सबै वडामा लघु जलविद्युत्मार्फ त बिजुली बत्ती बलेपछि स्थानीयवासी दङ्ग परेका छन्।
यहाँका नौवटै वडाका ५४० घरमा बिजुली आएपछि स्थानीयवासी हर्षित भएको डाँडाझेरीका होमराज रानाभाटले जानकारी दिए।
डाँडाझेरी नवलपरासीको सबैभन्दा विकट गाविसका रुपमा रहेको भए पनि गाविसका सबै घरधुरीले लघु जलविद्युत्मार्फ त बिजुली बत्ती पाएका छन्। बिजुली आएपछि सो गाविसलाई पहाडी क्षेत्रको पहिलो उज्यालो गाविसका रुपमा घोषणा गरिएको छ।
वडा नं १ मा साँधखोलाबाट पाँच किलोवाट, वडा नं २ र ३ मा लादीखोलाबाट दश किलोवाट, वडा नं ४, ५ र ९ मा लादीखोलाबाट२७ किलोवाट, वडा नं ६ मा साँधखोलाबाट तीन किलोवाट, वडा नं७ मा लादी खोलाबाट तीन किलोवाट र वडा नं ८ मा साँधखोलाबाट पाँचकिलोवाटको बिजुली निकालिएको छ।
आयोजना निर्माणका लागि नेपाल सरकारको झन्डैएक करोडर गाविस डाँडाझेरीको रु ४० लाख अनुदान आएको थियो। यसैगरी, सभासद्डा शशाङ्क कोइरालाबाट १० लाख, जिविसबाटरु १२ लाख र स्थानीय जनश्रमदानबाट रु एककरोड ५० लाख, स्थानीय जनताबाटझन्डै रु ४० लाख सङ्कलन गरी रु तीन करोड ६२ लाखको लागतमा सबै वडामा बिजुली पु ¥याइएको हो।रासस
0 comments
प्रतिक्रिया दिनुश
Facebook