अधिकार खोज्दै शिक्षक ।
शिक्षक, नामैले बुझ्न सकिन्छ की, काँचो माटो जस्तै, कलीला नानीबाबुलाई सहि रुप दिन, पसिना बगाउने मान्छे । समाजमा पेशा भन्दा पनि बढी जिम्बेबारीका साथ लिईने यो पेशामा आबद्ध प्रत्येकले देश बनाउने होनहार दक्ष युवा शक्ती उत्पादनमा समय खर्चिन्छन् । तर यिनै शिक्षकलाई राज्यले उपेक्षा गरेको महशुश गरेका छन् ।
उनीहरु आफुलाइ राज्यले उचीत सम्मानका साथ सेवामा लागीरहने वातावरण श्रृजनको माग गरीरहेका छन् । देशकै मध्यभाग चितवनमा अहिले आफ्नो अधिकारका लागी एकजुट भएका छन् । “तमाम शिक्षकहरुको समस्याहरु अझै पनि जिउका तिउ छन् अस्थाई शिक्षकका समस्या हामीले पटक पटक उठाउने गरेका छौ, अब एउटा राहत शिक्षक अनुदान शिक्षक भनेर अहिले ३ हजारमा कामहरु पनि छन् भने अर्को कुरा बर्षौ काम गरेका शिक्षकहरुलाई जुन एउटा गोल्डेन हेन्डसेक दिएर स्थाई शिक्षक सरह दिने भनेर बजेडमा घोषणा गरीयो तर अहिले त्यसलाई तोकुवा भत्ता को रुपमा त्यसलाई अत्यन्त न्युननिकरण गर्ने भन्ने कुरा आई सकेपछि राज्यले एउटा सम्झौता गर्ने शिक्षकको आन्दोलनमा, अनि त्यसपछि विर्सने खालको प्रवृतिलाई अन्त्य गर्नको लागी र शिक्षक ऐन संसोधनका लागी आन्दोलन गरीएको” नेपाल शिक्षक युनियन जिल्ला अध्यक्ष हरि प्रसाद आचार्यले बताउनु भयो ।
गत श्रावण २३ गते देखी संगठीत बनेर आन्दोलनमा होमीएका उनीहरु आफ्ना मागमा राज्यले वेवास्ता गरे चुप नलाग्ने चेतावनी दिन्छन् । नेपाल शिक्षक महसंघ चितवनका अध्यक्ष ध्रुव पोख्रेलले भन्नु भयो “हिजोका शिक्षा मन्त्रिहरुले जसरी नेपाली शिक्षकहरुलाई झुक्काउने काम गरे त्यै निति वर्तमान शिक्षा मन्त्रिले गर्ने हो भने नेपाली शिक्षकहरुको समस्याको विषयमा गम्भिर नभएको शिक्षा मन्त्रि हामीलाई आबश्यक छैन चाहे त्यो चित्रलेखा यादब होस् चाहे आउने अर्को अर्को हुन् हाम्रो त्यो सरोकारको विषय होईन,किनभने यो मुलुकको शिक्षाको जिम्मेवार लिएको उच्चतम तहको पदासिन ब्यक्ति शिक्षा मन्त्रीले हो, ब्यक्ति संगको सरोकार हैन, पद संगको र जिम्मेवार संगको सरोकराको विषयका कारणले गर्दा यदि हाम्रा मागहरु सम्बोधन गर्न नसक्ने हो भने त्यो शिक्षा मन्त्रि आवश्यक छैन राजिनामा दिदा हुन्छ भन्ने कुरा हो” ।
एउटा शिक्षक जस्ले दुई हात बाँध्यो भने एक होईन दुई होईन अनगीन्ती बिद्यार्थीको सिक्ने माध्यम ठप्प बन्छ । एउटा चेलाको ज्ञान आर्जन गर्ने बाटो रोकिन्छ । यसरी आन्दोलनमा होमीएका शिक्षकलाई हामीले सोध्यौ ? तपाईहरुको आन्दोलनले बिद्यार्थीको पढाईमा असर पर्दैन ?“यदि सरकारले यसरी नै हेलचक्राई गरीरहने हो र माग पुरा नहुने हो भने हामी बाध्य भएर विधालयका पठनपाठन ठप्प गराएर सम्पुर्ण शिक्षकहरु सडकमा आउन बाध्य हुने छौ, अहिले सम्मको आन्दोलनले केही गर्दैन तर सरकारले जिम्मेवारी लिएन भने भोली चाही असर पनि पर्न सक्छ र अहिले हामीले त्यो सोचेका छैनौ” नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको उपमहसचिव पुर्ण प्रसाद दवाडीले यस्तो बताउनु भयो ।
नेपाल शिक्षक महासंघका अनुसार करिब ३० बर्ष देखी शिक्षकहरु आन्दोलन गर्दे आएका छन् । अहिलेसम्म माग सम्बोधन हुन सकेन । माग के थिए त ? अहिले सम्म सम्बोधन हुन सकेन “पहिलो मागको रुपमा अस्थाई शिक्षकको समस्या समाधान एउटा जिरो देखी शिक्षा ऐन संसोधन हुनु पर्यो, यस्तै गरेर कार्यरत शिक्षकहरुको अहिले भेरी फीकेसन १२, तेह्र प्रकारका शिक्षक छन् ,अस्थाई छ महिना काम गर्यो भने त्यसलाई थाई गर्ने प्रकृया बनायोस् नत्र हटाइयोस् ,पोषाकको कुरा छ, स्कुलमा सवै थाई अस्थाई शिक्षकको पोषकमा एकरुपता हुनु पर्यो थाई शिक्षकलाई ड्रेस, अस्थाईलाई दिइएको छैन विभेद भयो, विषौ बर्ष काम गरेका विधालय कर्मचारीहरु विना उपदान विधालयको निजि स्रोत बाट पैसा लिएर जानु पर्ने बाध्यता छ,अर्को विधालय कर्मचारीका दरबन्दीको ब्यबस्था गर्नु पर्ने दरबन्दी गरर्यो भने त्यो समस्या आउदैन भनि फेरी पनि नेपाल शिक्षक युनियन जिल्ला अध्यक्ष हरि प्रसाद आचार्यले बताउनु भयो ।
दियो सरी आफु बलेर उज्यालो छर्ने शिक्षक यतीबेला आफ्नो दियोको तेल सकिन नदिन सरकारसंग अनुनय विनय गरीरहेका छन् । एउटा शिक्षक सन्तुष्ट भएर शिक्षा दिन सक्यो भने उसले सयौ योग्य व्यक्ती खडा गर्न सक्नेछ । देश निमार्णका लागी । सरकारका बाध्यता, माग जायज नाजायज यो सम्बन्धीत पक्षले मुल्यांकन गरोस् । तर हाम्रो कामना, शिक्षा दिने गुरु यसरी आफ्नो समय आन्दोलनमा नसकोस उसले देश चलाउने सक्षम व्यक्ती उत्पादन गर्नु छ । नत्र काँचो माटो सुकेर जानेछ । सरकारको ध्यान जाओस् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook