हाम्रो समय

मोटोपनले टेन्सन हुनेलाई राहतः अव मोटोपन घटाउने औषधी





एजेन्सी ।

मोटोपन अहिले संसारभरीकै समस्या हो । मानिसहरु मोटोपन नियन्त्रण गर्न हरेक कोसिस गर्दा पनि असफल भैरहेका हुन्छन् । एक पटक जिउ लागेपछि घटाउन मुस्किल पर्ने धेरैको अनुभव छ ।

अव भने मोटोपनको शिकार भएकाहरुलाई राहतको खवर आएको छ । बैज्ञानिकहरुले मोटोपन नियन्त्रणका लागि औषधी बनाउन लागेको दावी गरेका छन् ।

अमेरिकी बैज्ञानिकहरुले ‘एमएसपी’ नाम गरेको यो औषधीमाथि काम गरिरहेका छन् । जसले शरीरमा मोटोपनलाई आउन नै दिँदैन ।


यो औषधीले मोटोपन भैसकेपछि नियन्त्रण गर्ने भन्दा पनि मोटोपन पैदा गर्ने तत्वहरुलाई शरीरमा प्रवेश गर्न नै नदिने बताइएको छ । संसारभरी देखिएको मोटोपनको समस्या नियन्त्रण गर्न बैज्ञानिकहरुले यो औषधीको खोजी गरेका हुन् । यसले मोटोपनलाई शरीरबाट टाढै राख्ने विश्वास गरिएको छ ।



खानामा हुने सजिलै नपच्ने र शरीरमा थुप्रिएर मोटोपन पैदा गर्ने तत्वहरुलाई यो औषधीले निषेध गर्ने बताइएको छ । कन्सास यूनिभर्सिटीका शोधकर्ताहरुले यो औषधी बनाइरहेका छन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook