हाम्रो समय

नेपाल टेलिकमको १ वर्षको नाफा झण्डै १४ अर्ब



काठमाडौं, साउन ३०

 नेपाल टेलिकमले आर्थिक वर्ष २०७१/७२ मा १३ अर्ब ८७ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ।

सो नाफा त्यसअघिको वर्षको तुलनामा २ अर्ब ३२ करोड बढी हो।  कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १५ रुपैयाँ भन्दा धेरैले बढेर ९२ रुपैयाँ ४८ पैसा पुगेको छ।

सरकारलाई धेरै कर तिर्ने कम्पनी समेत रहेको नेपाल टेलिकमले करको लागि भनेर पाँच अर्ब रुपैयाँ बढी छुट्याएको छ। जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब ३२ करोड बढी हो।

गत वैशाखमा आएको भूकम्पको समयमा नेपाल टेलिकमले २ अर्ब बढीको कल तथा म्यासेजको सहुलियत दिएको थियो। 

0 comments

प्रतिक्रिया दिनुश

Facebook