हाम्रो समय

आठौँ क्यान सफ्टेक–२०१५ आयोजना गरिने



काठमाडौँ, साउन २८



 कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) द्वारा आठौँ क्यान सफ्टेक–२०१५ आयोजना गरिने भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा ‘कन्भर्जिङ् टु इ—लाइफ’ भन्ने मूल नाराका साथ आगामी भदौ १७ देखि २० सम्म उक्त क्यान सफ्टेक प्रदर्शनी सुरु हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष विनोद ढकालले जानकारी दिए ।

यस वर्षको क्यान सफ्टेकको आधिकारिक नाम ‘सुविसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वल्र्ड’ दिइएको उल्लेख गर्दै अध्यक्ष ढकालले हाम्रो जस्तो मुलुकमा सफ्टवेयर, सोलुसन र सर्भिसेजको विकास तथा विस्तार गर्नका लागि हरेक वर्ष कम्प्युटरसम्बन्धि प्रदर्शनी गर्दै आइरहेको जानकारी दिए ।

सफ्टेकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर, सोलुसन्स्, सर्भिसेज र कम्युनिकेसनसँग सम्बन्धित कम्पनीहरुले भाग लिने हुँदा सर्वसाधारणले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आशा लिइएको छ ।

क्यान सफ्टेक–२०१५ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रालि र एसोसिएसन स्पोन्सरको रुपमा एक्सेस बल्र्ड टेक प्रालि रहने उक्त प्रदर्शनीमा १४२ स्टलबाट सफ्टवेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैङ्किङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाईरस र अस्पताल व्यवस्थापनलगायत सफ्टवेयर रहने जनाएको छ ।

यसैगरी, सेवासम्बन्धी क्षेत्रमा इन्टरनेट सेवा, केवल तथा टेलिभिजनसम्बन्धी सेवा, सोलुसनको क्षेत्रमा सेक्युरिटी सोलुसन्स्, वायरलेस सोलुसन्स्, प्रिन्टिङ सोलुसन्स्, पावर सोलुसन्स् र विभिन्न एप्लिकेसनसहितका ट्याब्लेटसँग सम्बन्धित स्टलहरु तथा कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाइल र ल्यापटपसहितका स्टलसमेत थप गरिएको महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिए ।

क्यान सफ्टेक–२०१५ को अवलोकन करिब एक लाख ५० हजारले गर्ने अनुमान गरिएको छ । अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश ५० रुपैयाँ र विद्यार्थीहरुलाई २५ रुपैयाँ शुल्क तोकिएको छ । कलेज तथा विद्यालयका विद्यार्थीहरु सम्बन्धित कलेज तथा विद्यालयको पत्रसहित आएमा टिकट दरमा विशेष छुटसमेत प्रदान गरिने जनाइएको छ । रासस 

0 comments

प्रतिक्रिया दिनुश

Facebook