मोवाइलको ब्याट्री लामो समय टिकाउने उपाय
एजेन्सी, साउन १८
प्रयोगकर्ताले मोवाइलको ब्याट्री चार्ज गर्दा गर्ने गल्तीहरुको कारण मोवाइलको ब्याट्रि चाँडो नोक्सान हुने गर्दछ। यदि मोवाइलको ब्याट्रि लामो समयसम्म टिकाउने हो भने यसको चार्ज गर्ने तरिका र प्रयोगमा ध्यान दिनु जरुरी हुन्छ।
यसका लागि प्रयोगकर्ताले आफ्नो स्मार्टफोनको चार्जर कहिल्यै पनि ल्यापटप वा कम्प्युटरमा जडान गरेर चार्ज गर्नु हुँदैन। त्यस्तै दोस्रो ध्यान दिनुपर्ने कुरा बारम्बार चार्जमा मोवाइल लगाइरहनु हुँदैन। जतिखेर पनि फूल चार्ज बनाइराख्न बारबार चार्ज गर्दा ब्याट्रि चाँडो नोक्सान हुन्छ। उदाहरणका रुपमा, ब्याट्रिमा ५० प्रतिशत चार्ज बाँकी रहँदा फेरि चार्जमा हाल्ने गर्नु उपर्युक्त हुँदैन।
मोवाइलले ब्याट्रि सकिएको संकेत गरेपछि मात्र चार्ज गर्नु ब्याट्रि टिकाउने उपाय हो। तेस्रो उपाय भनेको मोवाइललाई सकेसम्म भाइब्रेसनमा नराख्नु हो। त्यस्तै मोवाइल पुरा चार्ज भइसक्दा पनि लामो समयसम्म अथवा रातभर चार्ज गरिराख्नु हुँदैन। मोवाइलमा पुरा चार्ज देखिएपछि चार्जरबाट मोवाइल छुटाउनुपर्छ। जीपीएस वा वालेन लगातार अन राख्नु पनि ब्याट्रि टिकाउपनमा समस्या हुन्छ।
यसका अलवा ब्याट्रि टिकाउनका लागि सकेसम्म लामो समयसम्म भिडियो हेर्ने, गेम खेल्ने, ठूलो स्पिकरमा एफएम वा गीतहरु सुन्ने कार्य नियन्त्रण गर्नुपर्दछ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook