हाम्रो समय

विन्डोज १० ले प्रयोगकर्ताको व्यक्तिगत सुचना आफ्नो सर्भरमा पठाएको हुनसक्ने





 विन्डोज १० रिलिज भएपछि करिब १४० लाख डिभाइस (कम्प्युटर, मोबाइल) मा यो अपरेटिङ सिस्टम इन्स्टल्ड भइसकेको छ, तर माइक्रोसफ्ट भने प्रयोगकर्ताको सुचना आफ्नो सर्भरमा लगेको भन्दै आरोप खेप्दै छ।

एक रिपोर्ट अनुसार सफ्टवेयरको केही ‘फिचर’हरु पुरै बन्द गरेर ‘प्राइभेसी प्रोटेक्सन’ ‘एक्टिभेट’ गर्दा पनि प्रयोगकर्ताको कम्प्युटरबाट केही जानकारी माइक्रोसफ्टमा जाने गरेको छ। जसमा व्यक्तिगत इमेल तथा फाइलहरु इन्टरनेको मद्धतले माइक्रोसफ्टले आफ्नो सर्भरमा लगेको बताइन्छ।Windows 10  desktop

माइक्रोसफ्टले केही समय अगाडी नै प्रयोगकर्ताको डाटा बिना सुचना जम्मा गरिने छैन भनि बताएपनि ‘आर्स टेक्निका’ वेवसाइटको अनुसार विन्डोज १० ले पटक पटक ssw.live.com मा डाटा पठाउने गरेको भेटिएको छ।Windows 10  snooping

माइक्रोसफ्टले यो सर्भर ‘वनड्राइभ’ र माइक्रोसफ्टका अन्य केही ‘सर्भिस’को निमित्त प्रयोगमा ल्याउछ। ‘वनड्राइभ’ बन्द गर्दा पनि विन्डोज १० ले लगातार प्रयोगकर्ताको कम्प्युटरबाट केही डाटा सो सर्भरमा पठाइरहेको पत्तालगाइएपछि विन्डोज १०ले प्रयोगकर्ताको सुचना आफ्नो सर्भरमा पठाउने गरेको हुनसक्ने बताइन्छ। तर कस्तो प्रकारको डाटा किन पठाइदै छ भन्ने खुलेको छैन।

वनड्राइभमा ‘लोकल लगइन’ गरेर सबै ‘प्राइभेसी पोलिसी’ एक्टिभेट गर्दा पनि यसरी कम्प्युटरबाट जानकारी बाहिर जानुले भर्खरै रिलिज भएको विन्डोज १० को भविष्यमा नै प्रश्न उठाउँछ। केही प्राविधिक समस्याको कारण यस्तो भएको हुनसक्ने सम्भावना रहेतापनि एचटिटिपी र एचटिचिपिएस प्रोक्सीनै ‘बाइपास’ गरि आफ्नो सर्भरसंग सम्पर्क गरेको देखिएको हुनाले प्राविधिक समस्यामात्रले यो घटना भएको हुनसक्ने कमै आकलन गरिन्छ।

माइक्रोसफ्टले विन्डोज १० रिलिज गरेको केही समयपछि अपडेट गरेको ‘प्राइभेसी स्टेटमेन्ट’ प्रयोगकर्ताको व्यक्तिगत जानकारी जम्मा पार्ने माइक्रोसफ्टको योजना भन्दै सफ्टवेयर एक्पर्टका चर्का आवाज सुनिएका थिए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook