चीन अघि भारतको रक्षा खर्च न्युन
भारत आज आफ्नो ६९ औं स्वतन्त्रता दिवस मनाउदै छ। आर्थिक रुपमा पनि निकै बलियो हुँदै गएको भारत सुरक्षामा पनि निकै खर्च गर्ने गर्छ। सुरक्षामा सबैभन्दा बढी खर्च गर्नेमा अमेरिका पहिलो नम्बरमा आउँछ, चीन दोस्रोमा आउँछ भने भारत आठौं नम्बरमा पर्छ जबकी भारत आफ्नो कुल ग्राहस्त उत्पादन १.८ प्रतिशत रकम सुरक्षा शिर्षकमा खर्च गर्छ।
भारतले स्वतन्त्र भएपछि सन् १९४७ नोभेम्बरमा १७१.१५ करोड भारुको पहिलो बजेट पेश गरेको थियो। उक्त समय ९२ करोड भारु रक्षा शिर्षकमा खर्च भएको थियो। सन् २०१५-१६ को लागि भने भारतले २,४६,७२७ करोड भारु रक्षा शिर्षकमा छुट्याएको छ।
चीनले आफ्नो कुल ग्राहस्त उत्पादनको २ प्रतिशत सुरक्षाको निमित्त खर्च गर्ने गर्छ। चीनको बजेट धेरै भएकोले यो रकम करिब १३०-१०९ अर्ब डलरको हाराहारीमा पुग्छ। त्यस्तै पाकिस्तानले ३.५ प्रतिशत खर्च रक्षामा गर्छ जुन करिब ७ अर्ब डलर हुन आउँछ। यसरी हेर्दा पाकिस्तानको खर्च भारतको भन्दा कम देखिन्छ। अमेरिकाले भने ४ प्रतिशत खर्च गर्छ जुन ६४० अर्ब डलर हुन आउँछ।
भारतले रक्षामा गर्ने खर्चको ६० प्रतिशत खर्च सेनामा लगाउँछ। भारतले कुल ४० अर्ब डलर मध्ये २४ अर्ब डलर सेनामा लगाउँछ। साथै भारतले प्रविधा तथा हतियार किन्न करिब १५ अर्ब खर्च गर्छ।
चीनसंगको तुलनात्मक रुपमा भारतले रक्षामा खर्च निकै कम देखिन्छ। विश्वकै निकै बलियो अर्थतन्त्र भएको चीन भारतको तुलनामा निकै शक्तिशाली देखिन्छ। पाकिस्तानसंग बलियो देखिपनि चीनले पाकिस्तानलाई गर्ने सहयोग हेर्ने हो भने भारत अझै पनि निकै पछि पर्ने देखिन्छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook