इन्भेष्टमेन्ट बैंकले सर्वसाधारणलाई ६८ लाख कित्ता सेयर दिने
काठमाडौं, साउन २१
दोस्रो सेयर बजारमा मूल्याङ्कन गरिएको सेयर मूल्यभन्दा कम्तीमा ५० रुपैयाँ कमले यो सेयरको प्रतिकित्ता मूल्य निर्धारण हुनेछ। हाल ४ अर्ब ७७ करोडको चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले सो साधारण सेयर जारी गरेपछि ५ अर्ब ४५ करोड पुग्नेछ।
बैंकमा अहिले सर्वसाधारणको ९५ लाख ४० हजार कित्ता सेयर छ। जुन कुल सेयरमध्ये २० प्रतिशत मात्रै हुन आउँछ। यसैलाई ३० प्रतिशत पुर्याउन राष्ट्र बैंकले निर्देशन दिएको थियो।
0 comments
प्रतिक्रिया दिनुश
Facebook