चौंरीगाईको रगत पिउने मेला सुरु
Chouri Gai ko Ragat |
हरेक वर्ष मुस्ताङको जोमसोम गाविसस्थित नमखु लेकमा आयोजना हुने चौंरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ ।
स्थानीय किसानको आयोजनामा सुरु भएको मेलामा रगत पिउन मुस्ताङका विभिन्न गाविसबाट सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।
उच्च हिमाली क्षेत्रमा पालिने चौंरीगाईको रगत पिएमा गानोगोला, ग्याष्टिक, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने विश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसान भूपिन शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौंरीगाईको रगतले शारीरिक स्फूर्तिसमेत बढ्छ । “हामीले चौँरीगाईको रगत प्रतिगिलास रु १५० मा बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ”–उहाँले भन्नुभयो ।
किसानहरूले पालेका करिब दुई सय चौँरीगाईबाट रगत निकालिने उनीहरूले जनाएका छन् । एउटा चौंरीगाईबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ । मेला यही साउन २२ गते सकिने छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook