हाम्रो समय

बाबु विदेश गएका बेला आमाछोराको यस्तो नचाहिदो हर्कत



सन्तानको पहिलो विद्यालय घर हो र सबभन्दा ठूला गुरु बाबु आमा हुन् । अभिभावक पछि मात्र विद्यालयका गुरुहरुको भूमिका हुने तथ्य त प्रमाणित नै भैसकेको छ । अभिभवाक भनेका गुरु हुन् । अर्थात सत्य बाटो देखाउने मार्गदर्शक पनि हुन् । तर, यहाँ एक अभिभावकले आफ्नै सन्तानलाई सत्य बाटोमा मार्गदर्शन गर्नुको सट्टा उल्टै गलत कार्यमा साथ दिएका छन् ।


राजस्थानका एक युवकका गलत हर्कतमा उनकी आमाले पनि साथ दिएकी हुन् । प्रहरीका अनुसार बाबु कामका लागि बाहिर देश गएका बेला छोराले गलत काम सुरु गरेका थिए । यी दुवै आमाछोरालाई राजस्थानको अजमेरबाट आमाछोरालाई पुलिसले सोमबार रंगेहात गिरफ्तार गरेको छ । दुवै मिलेर चोरी गरिरहेको अवस्थामा गिरफ्तार गरेर प्रहरीले आमाछोराबाट २२ मोबाइल र ३४ वटा खाली पर्स बरामद समेत गरेको छ ।

पुलिसका अनुसार मानिसको भीड लागेको मौकामा यी आमा र छोरा मिलेर मोबाइल फोन र पर्स चोरी गर्थे । चोरी गर्न छोराले गरेको प्रस्ताव आमाले स्वीकारेपछि दुवै चोर बनेका हुन् । भारतीय सञ्चारमाध्यममा उल्लेखित समाचार अनुसार राजस्थानको दरगाहमा एक व्यक्तिले पुलिसमा मोबाइल फोन चोरी भएको भन्दै उजुरी दर्ता गरेका थिए । उजुरी र पीडित व्यक्तिले बताएको हुलियाअनुसार पुलिसले आमा र छोरालाई खोज्न सुरु गरेको थियो ।

त्यसपछि पुलिसले पश्चिम बंगाल निवासी आमा मरजीना र छोरा मोहम्मद मुश्ताकलाई गिरफ्तार गरेको हो । उनीहरुबाट पुलिसले २२ मोबाइल र ३४ खाली पर्स भेट्टायो । त्यहाँ चोरी हुन थालेपछि प्रहरीमा उजुरी बढ्न थालेको थियो । पुलिस अहिले आरोपी आमाछोरालाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । स्मरण रहोस् राजस्थान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो ।


0 comments

प्रतिक्रिया दिनुश

Facebook