हाम्रो समय

पेट्रोल, डिजेल,मट्टितेल र एलपी ग्यासको मूल्य घट्यो





नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज साँझ बसेको निगमको बैंठकले पेट्रोल,डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा  घटाउने निर्णय गरेको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

मूल्य घटेसँगै पेट्रोल अब प्रतिलिटर १ सय ६ रुपैयाँ ५० पैसामा पाइन्छ भने डिजेल, मट्टितेल ८४ रुपैयाँमा।

गत माघ १९ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थिएन। खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिण्डर ३५ रुपैयाँ घटेर १ हजार ४ सय ३५ रुपैयाँ कायम गरिएको छ। भूकम्पका कारण उसले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउन नसकेको हो।

निगमले गत असोज १३ गतेबाट स्वचालित प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटबढ गर्दै आएको छ। नयाँ मूल्य आइतबारराती १२ बजेबाट लागू हुने छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook