प्रहरी ‘इन्कान्टर’मा घाइते गुण्डा नाइके कुमार घैंटेको मृत्यु

काठमाडौं, भदौं ३– प्रहरी इन्काउन्टरमा घाइते भएका गुण्डा नाइके कु मार घैंटेको उपचारको क्रममा के हीबेर अघि मृत्युभएको छ । राजधानीको सामाखुसीस्थित कपुरधारमा प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्युभएको त्रिवि शिक्षण अस्पतालको केस हेर्दै आएका सई कालिका प्रसादलामिछानेले पुष्टि गरे ।
उनले मृत्युपस्चात घैंटेको पोष्टमार्टम सुरु भएको जानकारी दिए । यस्तै छोराको मृत्युभएको खबरसँगै अहिले अस्पतालमा घैंटेको आमा रुदै पुगेको समेत एक प्रत्यक्षदर्शीले बताए । आज बिहान प्रहरी चेकजाँचको क्रममा कपुरधारामा घैंटे समुहले उल्टै प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले जवाफी फायर गरेको थियो । गोली प्रहारबाट घैंटेको पेटमा गोली लागेको थियो भने घाइते उनलाई पक्राउ गरि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि पुर्याइएको थियो । महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले घैंटेको समुहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाहीमा प्रहरी गर्दा घैंटेलाई गोली हानिएको बताए। प्रहरीको गोलीलागि घैंटेसहितउनका दुई सहयोगी समेत घाइते भएका छन् । घाइते हुनेमा सुरेन्द्र महर्जन र राजु महर्जन रहेका छन् ।
अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोपमा मोस्ट वान्टेट सूचीमा रहेका नुवाकोटका स्थायी बासिन्दा घैंटे कांग्रेस निकटका मानिन्थे ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook