हाम्रो समय

नेपाललाई हिन्दुराष्ट्र बनाएरैछाड्छौंः गणेश थापा



काठमाडौं, भदौ २–देशलाई हिन्दुराष्ट्र बनाउनु पर्ने माग गर्दै राप्रपा नेपालका जनवर्गीय संगठनहरुले बुधबार काठमाडौमा र्यालीसहितको विरोध प्रदर्शन गरेका छन् ।

भद्रकालीबाट सुरु भएको विरोध र्याली रत्नपार्नमा पुगेर सभामा परिणत भएको थियो । सो विरोध सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका युवा विद्यार्थी तथा खेलकुद विभागका प्रमुख गणेश थापाले हिन्दु राष्ट्र कायम गराउने अभियानमा पार्टी रहेको भन्दै सो अभियान पुरा गराउन आन्दोलन सशक्त बनाउँदै लैजाने बताए । संविधानसभा सदस्य समेतरहेका उनले हिन्दुराष्ट्र आम नेपाली जनताको माग रहेको भन्दै जनभावना विपरित आउने संविधान स्थायी नहुने ठोकुरा गरे । बहुसंख्यक जनता हिन्दुराष्ट्रको पक्षमा रहेकाले हिन्दु राष्ट्र भएमात्रै जनताको भावना सम्बोधन हुन सक्ने थापाको जिकिर छ ।
प्रजातान्त्रिक ढंगबाट जनतको माग राख्दा दमन भएको प्रतिखेद प्रकट गर्दै थापाले धर्म निरपेक्षता , गणतन्त्र र संघीयता विदेशीहरुको एजेण्डामा लादिएको भन्दै यसमा जनसमर्थन नरहेको समेत दाबी गरे। उनले यसविरुद्ध युवा विद्यार्थीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने समेत सो अवसरमा बताए ।
विरोध सभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता विष्णु भट्टराईले दिल्लीमा भएको १२ बुदे सम्झौताले अस्थिरता उत्पन्न गराएको आरोप लगाए । कार्यक्रम सभासद विक्रम बहादुर थापा र सिता लुइटेल, तथा जनवर्गीय संगठनका माधव खत्री, हिक्मतसिंह भण्डारी नविन शाही, के दार धमला , उज्वल पोखरेललगायतले बोलेका थिए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook