अाफुलाई मनपर्ने एप्स कम्प्युटरमा कसरी चलाउने?
हामीले आफुलाई मनपर्ने एप्लीकेशनहरु आफ्नो फोनमा धेरै नै प्रयोग गर्छौँ। यसका साथै हामीमध्ये धेरैजसो यी एप्लीकेशनहरु आफ्नो कम्प्युटरमा पनि प्रयोग गर्न चाहन्छौँ।
तर यसका बारेमा थाहा नहुन पनि सक्छ। आफुले चाहेका एपहरु कम्प्युटरमा चलाउनका लागि गुगल क्रोमको नयाँ संस्करण हुनु पर्छ।
यसपछि एआरसी वेल्डर भनिने एक्सटेन्सन् डाउनलोड गरेमा लगभग सबै एन्ड्रोइड एप्लीकेशनहरु आफ्नो कम्प्युटरमा प्रयोग गर्न सकिन्छ।
एआरसी वेल्डरका माध्यमबाट जुन एप्लीकेशन प्रयोग गर्न चाहेको हो त्यस एप्लीकेशनको एपीके फाइल पनि चाहिने हुन्छ। गुगल प्ले स्टोरमा त्यो फाइल एकदमै सजिलोसँग खोज्न र सेभ गर्न सकिन्छ।
यसपछि एप्लीकेशन कम्प्युटरमा प्रयोग गर्नका लागि ओरिन्टेशन फर्म फ्याक्टर र क्लिप बोर्ड एक्सेसमा जानकारी दिनुपर्ने हुन्छ। ओरिन्टेशनमा पोट्रेट, फर्म फ्याक्टरमा फोन र क्लिप बोर्डमा एस क्लिक गर्नुपर्ने हुन्छ।
हाल एआरसी वेल्डर आफ्नो वेटा टेस्टिङ चरणमा रहेकाले केही एप्लीकेशनहरु काम नगर्न पनि सक्छन्। तर क्यान्डी क्रस, ट्वीटर, इन्सटाग्राम आदी भने सजिलै चलाउन सकिन्छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook