हाम्रो समय

हेलो सरकारमा टेलिकमको गुनासो



काठमाडौं, साउन २९

प्रधानमन्त्री कार्यालयले संचालन गरेको हेलो संचारमा नेपाल टेलिकम गुनासो धेरै आउन थालेका छन् ।

नेटवर्कमा समस्या, रिचार्ड नहुने, ल्याण्ड लाइनफोन प्रभावकारी नभएको लगायतका गुनासोहरु आउन थालेको प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुबेदीले जानकारी दिए। समस्या समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराएको पनि उनले बताए ।

मन्त्रालयमा आज आयोजित कार्यक्रमम उनले धेरैजसोका समस्या टेलिकमसँग सम्बन्धित भएको जानकारी दिए ।

गृह र शिक्षा मन्त्रालयसँग सम्बन्धित गुनासाहरु पनि आउने गरेको उनले बताए। २०६८ साल कात्तिक १७ गते स्थापना भएको हेलो सरकारमा अहिलेसम्म ३७ हजार ४ सय ७३ वटा गुनासाहरु आएका छन् । ती मध्ये ३५ हजार ५ सय ६ को सुनुवाइ भएको उनले बताए। हेलो सरकारले पहिल्लो समय सामाजिक संजाल फेसबुकबाट समेत गुनासोहरु सुन्दै आएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook