धन्न भगवानमेरो छोरा नैभएछ

बुधवार साँझ टेलिभिजनका समाचारमा आँखा दौडिरहेका थिए। अरु बेला प्राय संयोगले मात्रै समाचार हेर्ने म बुधवार छोड्नै मन लागेन।च्यानल परिवर्तन गरिगरि समाचारै हेरिरहेकी थिँए।
बारामा बलात्कारपछि मृत्यु भएकी बालिकाका विषयमा केन्द्रित समाचार मेरो रोजाइमा थिए।
अनायासै छेउमा रहेको छोराले प्रश्न तेस्र्यायो,‘आमु बलात्कार भनेको के हो?’ के ही समय त मैले सुनेकेको नसुने झैँ गरेँ।तरउसले सोध्न छाडेन।
मैले जवाफ फर्काएँ ‘विस्तारै बुझिन्छ,अहिले त्यस्ता कुरामा चाख राख्नु पर्दैन।’
उसले फे रि अर्को प्रश्न सोध्यो,‘अनि बालबालिकाको कुरा मैले बुझ्नु पर्दैन? म पनि त बालकहो नी।’ मैले कुनै उत्तर दिन सकिन न त उसलाई टार्न नै मानेको थियो मन।
हेर्दै गरेको समाचार छाडेर भान्सा तिर लागेँ। तर, मलाई लामो समयसम्म ६ बर्षको छोराले गरेको प्रश्नले झस्काइरह्यो।मैले भनेका कुराले अहिले समाजमा देखिएको ‘पुरुष’ मानसिकता कतै उसमा सयर हुने हो की?
कतै मानसिकरुपमा असरपो गर्छ की? अथवा बुझाउने कसरी? म आफै अन्यौलमा परँे।
सञ्चारमाध्यममा आँखा पुग्दा म मात्रै होइन छोरा छोरीसँग बसेको हरेकअविभाकलाई सायद यस्तै अप्ठ्यारो हुन्छ होला।
एकातिर,अविभाकलाई बलात्कार घटना हेर्दाहेर्दा छोरीको टाउको समुसुम्याउँदै चिन्ता गर्नुपर्ने बेला छ, भने अर्कोतिर उनीहरुलाई सहज गराउने चुनौती।
हरेक दिन आइरहेका घटनाले त यति ठूलो मानसपटल खलबलाइदिएको छ भने गाउँदेखि सहरका अँध्यारा गल्लीमा लुकेका घटना कति होलान? हरेक दिन कलिला मुनाहरु फक्रिन नपाउँदै निमोठिन थालेका छन्।
नानीहरुलाई विद्यालय पुर्याउन जाँदा आमाहरुको गफको विषय नै अहिले चिन्ताबाट सुरु हुन थालेको छ।
बिहान सकुशल स्कू ल पठाएकी छोरी बेलुका सहज घर फर्कि न या छैन?हरेक आमाहरुका मनमा चिन्ताले डेरा जमाउन थालेको छ।
बुवाहरुको मनमा पनि डरर भयले घर नगरेको भने होइन तरमहिला भएका कारण आमाहरुलाई बढी पिरोल्नु स्वभाविक नै हो।
सञ्चारमाध्यममा आएका समाचार हेर्दा यस्तो लाग्छ, बालिका बलात्कारमा सबै भन्दा पहिलो नम्बरमा छर– छिमेकबाटै खतरा छ।दोस्रोमा सबैभन्दा घनिष्ठ व्यक्ति बलात्कारीका रुपमा प्रकट भइरहेका छन्।
परिवारसमाजमा सबैभन्दा ठूलो विश्वासको संकट देखिएको छ। कसलाई विश्वास गर्ने कसलाई नगर्ने? हरेक परिवारमा चिनेको व्यक्ति माथि नै शंकालु नजर बर्सिन थालेको छ। त्यसलाई सही भन्ने किगलत? चिन्ताकै विषय बन्न थालेको छ।
छोरी पाएका कारणले नै आफन्त, नजिकको व्यक्तिबाटै टाढा जानुपर्ने बाध्यता बनाउँदैछ हाम्रै समाजले।
बलात्कार किन हुन्छ भन्नेमा हरेकदृष्टिकोणबाट व्याख्या र बहस गर्न सकिएला। बलात्कारका घटनाबाट समाज कता जादैँछ गम्भीरविषय बनेको छ।
जसलाई हामी बलात्कारी भनिरहेका छौं,बलात्कार हुनुअघि ती यही समाजका सम्मानित सदस्य थिए।हिजो हामी माझकै प्रिय थिए।
अब त आमाहरुको आँखाले हरेकपुरुष बलात्कारी देख्न थालेको छ।
शिक्षकले विद्यार्थीलाई,हजुरबाले नातीनीलाई बुवाले छोरीलाई दाईले बहिनीलाई,मामाले भान्जीलाई उफ सुन्न पनि अत्यास लाग्दो गरि बलात्कार भइरहेको छ।
अब त आफ्नै ससुरा, श्रीमान, काकालाई सपनामा छोरीमाथि गिद्दे नजर लगाइरहेका देख्न थालेका छन् आमाहरु।
आमाहरु निद्रामा मस्त छोरीलाई अंकालो हालेर बर्बराउने गरेका छन्।
बलात्कार बलियाले निर्धामाथि गर्ने एउटा अत्याचार हो कि? मानसिक समस्या होकी? समाजिकचरित्र नै बन्न थालेको?विष्लेषण गर्न मुस्किल पर्छ।
घृणा र बर्बरताको सबभन्दा कु रूप रूपमा बलात्कारहुन थालेको छ। अहिले बहस मृत्युदण्डको उठिरहेको छ। नेपालको कानुनले मृत्युदण्ड दिन मिल्दैन तर पनि माग त्यही उठ्न थालेको छ।
हरेक बिहान स्कूलमा बच्चा छोड्न जाने आमाहरुको आक्रोस पनि सुनि नसक्नुछ।
मलाई अचेल अर्को पनि बच्चा जन्माउनुपर्छ भनेर आफन्तहरुले सल्लाह दिन थालेका छन्।
अर्को बच्चा जन्माउनुपर्छ भन्ने लाग्ने वित्तीकै प्रत्येक पटक मलाई डरजस्तो प्रश्नले पनि तर्साउँछ, ‘छोरी भइभने?’
सन्तानको विभेदले मैले छोरी हुनुमा पीडा र चिन्ता बोध गरेको भनेहोइन।
समाजमा भइरहेका बलात्कार घटनाले मलाई भन्न बाध्य बनाएको छ, ‘धन्न भगवान मेरो छोरा नैभएछ।’
0 comments
प्रतिक्रिया दिनुश
Facebook