हाम्रो समय

मलेसियामा अलपत्र २५ नेपाली स्वदेश फर्क दै

काठमाडौ, फाल्गुन २८ - कम्पनी बन्द भएपछि मलेसियामा कार्यरत २५जना नेपाली युवा शुक्रबार स्वदेश र्फ कं दैछन् । जोहोरबारु स्थित एक गेम्बलिङ कम्पनी (मिनी क्यासिनो) अचानक बन्द भएपछि अलपत्र परेका उनीहरुको डेढ महिनाअघि जागिरगुमेको थियो । रोजगारीका क्रममा एकबर्षअघि देखित्यहाँकार्यरत उनीहरुलाई कम्पनी व्यवस्थापनले शुक्रबारनेपाल फर्काउनलागेको पीडित कामदारले बताए।

दैनिक५० हजार रिंगिट बराबरको व्यापारहुंदैआएको उक्त कम्पनी कानुनी समस्याका कारण बन्द भएको कामदारहरु ठान्दछन्। उनीहरुका अनुसार त्यहाँ कार्यरत करिबदुई सय नेपालीमध्येयसअघि पटक पटक गरी डेढसय नेपाली जागिर गुमेपछि स्वदेश फिरेका थिए ।

उनीहरुलाई सरकारी अनुमतिभन्दा बेग्लैकम्पनीमा काम (कन्ट्रयाक)मा लगाइएको थियो ।'कम्पनी बन्द भएपछि हामी २५जना शुक्रबार नेपालफर्क दैछौ ।' पीडित मध्येका एक चितवनका धीरेन्द्र राईलेबिहीबार कान्तिपुरसंटेलिफोन सम्पर्क मा भने 'हामीलाई सम्झौता गरिएभन्दा बेग्लै कम्पनीमा काममा लगाइएको थियो ।पटक पटक समस्या देखिएपछि यसअघि नैडेढसयसाथीहरु फर्कीसके ।'

अर्का पीडित सन्तोष देउजाका अनुसारसबैजना आफ्नै खर्चमा स्वदेश फिर्न लागेका हुन्। अधिकांशको शुक्रबारसम्म मात्रै भिसा छ । 'हामी सबै आफ्नैखर्चमा र्फ कन लागेका हौं । कम्पनीले कुनैपनि क्षतिपूर्ति दिएन ।'उनले भने'न त अन्यत्र काम नै मिल्यो, बरु उल्टै ३ हजार ६सय प्रतिव्यक्तिका दरले रकममागेको थियो तर हामीले दिएनौं ।'नेपाल फिरेपछि क्षतिपूर्ति माग गर्दै आवश्यकप्रक्रिया अपनाइने पीडितहरुले बताए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook