हाम्रो समय

यस्तो बेला सहयोग नगरेकहिले गर्ने ? प्रधानमन्त्री



राखेको विषाक्तगहूँ पिसेर बनाएको रोटी खाँदा मृत्युभएका धादिङ

र बिरामी परेका व्यक्तिहरुको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने वचन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयबाट आज प्रकाशित विज्ञप्तिका अनुसार उहाँले नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले यस घटनाका सन्दर्भमा आजदिएको ज्ञापनपत्रबुझ्दै सो वचन दिएका हुन् । ज्ञापनपत्रमा यस घटनाबाट पीडित परिवारलाई आर्थिक सहयोग र बिरामीको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्नेसहित विषादीका बारेमा आमजनतालाई सही जानकारी दिने व्यवस्था गर्न माग गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले बडो दुःखद घटना भएको उल्लेख गर्दै भने–“ नेपाली काँग्रेस पार्टी सभापति र सरकार प्रमुखका रुपमा पीडितलाई सक्दो सहयोग गर्नेछु । दुःखमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो ।” उनले प्रश्न गर्दै भने “यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने ”

बीउका लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खाँदा धादिङ पिँडा गाविस चिउरीभञ्ज्याङका सञ्जबहादुर तामाङको परिवारका ६ सदस्यको सोमबार निधन भएको थियो । सोही घट्टमा पिसिएको गहुँ र कोदोको पीठोबाट बनाएको रोटी खाँदा थप ४१ बिरामी परेका छन् ।

प्रधानमन्त्री कोइरालाले मङ्गलबार साँझ एक समवेदना सन्देश दिँदै सो घट्नाले आफू लाईमर्माहत बनाएको बताउदै दिवङ्गत भएकाको

समवेदना प्रकट गरेका छन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook