बलात्कारीलाई फाँसी, संविधाननै दासी

प्रकाशित मिति: 5:21:03 pm, March 12, 2015
सुशिलदाहाल
बलात्कार क्रु रअपराध र अमानवीय कार्य हो । बलात्कारीको कु नै जात, धर्म, पेशा र अपेक्षा हुदैन । यसलाई जस्तोसुकै कठोर सजाय गरेतापनि त्यो कमै हुन्छ । राज्यले बलात्कारीलाई मृत्युदण्डको संवैधानिक रकानुनी व्यवस्थागर्दा समेत पीडितलाई न्याय पर्दैन किनकि न्याय गरेरमात्र हुदैन न्याय पर्नुपर्छ भन्ने विश्वव्यापी कानुनी सिद्धान्त रहेको छ ।पशुले त आफ्नो स्त्रीसंग सहमतिमा मात्र शारीरिक सम्पर्क राख्ने गरेको पाइन्छ । हामी मानव जातिले त झन् यसमा आफू लाई बिशेषनियन्त्रण गर्नुपर्ने आवश्यकता हुन्छ । बलात्कार जस्तो अमानवीय ,घृणित,पशुवत र जंगली कार्य हाम्रो समाजमा दैनिक रुपमा रफ्तारमा अगाडि बढिरहेको देखिन्छ । बलात्कार गर्ने व्यक्ति कानुन,राज्य रसमाजको नजरमा अपराधी मात्र होइन महाअपराधी हो त्यसैले महाअपराधीलाई सजायमात्र गरेर पुग्दैन महासजाय गर्नुपर्छ किनकि यो अक्षम्य अपराध हो ।
महासजाय गर्नुपर्छ किनकि यो अक्षम्य अपराध हो ।
दक्षिण एशियाली राष्ट्र त्यसमा पनि बिशेष भारत र नेपाल बलात्कारी अपराधीहरुको क्रिडास्थल बन्दै गएको पाइन्छ । यो भूमि बलात्कारीका लागि उर्वरभूमिको रुपमा विकास हुदैगएको भान हुन्छ । भारतमा त झन् सामुहिकरुपमा बलात्कार गरेर ज्यान मारेरसमेत फाल्ने गरेको पाइन्छ । भारतमा के हि समय अगाडि भएको सामुहिक बलत्कारको घटनाले विश्व नै हल्लेको थियो । त्यहाँ बलात्कारीले शारीरिक उपभोग गरेर आफ्नो तिब्र इच्छा पुरा गरी सन्तुष्टि प्राप्त गरेपछि महिलाको संवेदनशील अङ्गमा रड हाली थप यातना दिएर मारी खुल्ला ठाउँमा निर्बश्त्र फ्यालिएको थियो । यस्तो घटना भारतमा दुई जना महिला माथि भैसके को छ । भारतमा नर्सिङ शिक्षा अध्ययन गर्नका लागि नेपालबाट गएकी एक छात्रा पनि बलात्कारको सिकार हुनुपर्यो । बलात्कारीको पन्जामा परेपछि फु त्कन कठिन हुन्छ ।बलात्कारीले आफ्नो तृप्त पूरा गरेरै छाड्छ । बलात्कार महिला बिरुद्धको हिंसामा पनिअत्यन्तै संवेदनशील र पीडादायी विषय हो । यसले मानिसलाई पुर्याएको पीडा ,कष्ट र बेदनाको लेखाजोखा गरेर साध्य हुदैन । जीवनमा पुगेको अमूल्य भौतिक ,नैतिक र मानसिक क्षतिको पूर्तिकु नै हालतमा पनि हुन सक्दैन । बलात्कार मुख्यत चार किसिमका हुन्छन ति हुन् - पुरुषले महिलालाई गर्ने बलात्कार ,महिलाले पुरुषलाई गर्ने बलात्कार,पुरुषले पुरुषलाई गर्ने बलात्कार र महिलाले महिलालाई गर्ने बलात्कार, अहिले आएर तेस्रोलिंगी माथि हुने बलात्कार पनि एक हो । पुरुषले महिला माथि गरेको बलात्कार सबैभन्दा चर्चामा आउने बलात्कारको प्रकार हो । तर महिलाबाट पुरुषमाथिहुने बलात्कार त्यति बाहिरआउदैन किनकि पुरुषले आफ्नो पुरुषत्व जोगाउनका लागि पनि पीडा सहेर गुपचुप ढङ्गले बसेको हुन्छ । समाजमा आफ्नो अस्तित्व समाप्त हुने डरले आफ्नो बेदना पोख्न सक्दैन त्यसैले गर्दा पुरुष माथि बलात्कार भएको घटना त्यति सुनिदैन किनकि नेपालको कानुनले पुरुष माथि बलात्कार हुन्छ भन्ने कुराको परिकल्पना समेत गरेको छैन । यसको अर्थ पुरुष माथि बलात्कारनै हुदैन भन्ने नेपालको कानुनको ध्यय हो । कानुन बिना अपराध हुदैन भन्ने फौजदारी कानुनको सिद्धान्त रहेको छ । बलात्कार जस्तो क्रु र अमानवीय र घृणित कार्यजसले जसलाई गरे पनि पीडकलाई जतिसुकै निन्दा र भत्सना गरेता पनि कमै हुन्छ । मुलुकी ऐन जबर्जस्ती करणीको महलको एक नम्बरले भन्छ कसैले कु नै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा सोह्र बर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई नलिई करणी गरेमा निजले जबर्जस्ती करणी गरेको ठहर्छ । कसैलाई सोह्र बर्ष भन्दा कम उमेरकी बालिकासंग सहमतिमा शारीरिक सम्पर्क राख्छ भने त्यो पनि बलात्कार नै हो । नेपालमा अहिले तेह्र चौध बर्षको उमेरमा प्रेम गर्ने रशारीरिक सम्पर्क गर्ने फे शन नै चलेको छ । युवायुवतीको बीचमा सेक्सका लागि होडबाजी नै चल्ने गरेको छ । यो पनि एक किसिमको बलात्कार हो । त्यसैले यसमा सचेत हुन युवा वर्गलाई बिशेष आग्रह छ । नेपालमा अर्को फे शन भनेको लिभिङ टुगेदरको हो । सम्बन्ध राम्रो रहुन्जेल लिभिङ टुगेदर र सम्बन्धमा खटपट हुन् थाल्यो भने बलात्कार गर्यो भन्ने आरोप लगाउने प्रचलन बढ्दै गएको छ यसलाई नियन्त्रण गर्न पनि आवश्यक भैसके को छ । लिभिङ टुगेदरको बारेमा नेपालको कानुन मौन रहेकाले यसलाई कसरि लिने भन्ने कु रामा अन्यौल रहेको छ । यसको उचित व्यवस्था गर्नैपर्छ ।
महिला माथि हुने हिंसात्मक घटनाहरुको बारेमा कुरा गर्दा नेपाली समाजमा सचेतनाको कमि देखिन्छ । ति महिला हाम्रै दिदीबहिनी आमा ,फू पु भान्जी बुहारी नातिनी हुन् भनेर सोच्ने र आफ्नै ठान्ने परम्पराको विकास भयो भने बलात्कारका घटनाहरू के हिहदसम्म घट्न सक्छ । समाज भनेको परिवारकै विस्तारित रुप हो परिवारमा जसरी चेलीबेटीहरुको सम्मान गरिन्छ समाजमा पनि परिवारकै जस्तो सत्कार गर्न सिकेको खण्डमा मात्र बलात्कार जन्य कार्य निस्तेज हुदै जान्छ । हामीले आफू लाई कसैले जिस्क्याउने, छु ने र अश्लील चिज देखाउने गर्छ भने नछो र नाइँ भन्न सक्नुपर्छ । मन मुटु र मष्तिस्कमा यसको उचित व्यवस्थापन गर्न सकियो भने मात्र बलात्कार मुक्त समाज बन्दछ ।हाम्रो समाजमा बलात्कार जस्तो जघन्य अपराध पनि प्रहरी र समाजमै मिलाउने गरेको पाइन्छ यस्तो कार्य गर्नु दण्डनीय र दु:खद हो । यहाँ बाबुबाट नै छोरी र चेली बलात्कृ त हुन्छन । आफनै रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र आसय करणी र अप्राकृ तिक मैथुन पनि बलात्कारकै प्रक्रिया हो । यसलाई पनि दण्डित गर्न आवश्यक हुन्छ । नेपालमा अधिकांश बालबालिका दिनदिनै बलात्कारको सिकार बन्नुपर्ने अवस्थाको सिर्जना भएको छ । बलात्कार सम्बन्धी समाचार अखबारमा पढ्दा वाक्क दिक्क लागेर आउँछ । कस्तो असभ्य समाजमा जन्मेछु भनेर । एक अबोध बालिकाको बलात्कार गरेर बलात्कारीलाई मृत्युको मुखमा धके ल्ने गरेको पाइएको छ । नेपालको तराईमा सबैभन्दा बढी बलात्कारहुने गरेको छ ।यसको अर्थ पहाडमा बलात्कारनै हुदैन भन्ने होइन । के हि दिन अगाडि एक बालिका बलात्कृ त भएर काठमाण्डौंको हस्पिटलमा उपचार हुदैगर्दा आफ्नो ज्यान गुमाउन पर्यो यो कस्तो विडम्बना पूर्णकुरा हो । बिहानको समयमा सडकमा हिड्दा के हि हुल महिला प्ले कार्ड तुल र ब्यानर बोके र नारा लगाउदैहिडेको देखे प्ले कार्ड र ब्यानरमा बलात्कारीलाई फाँसी दे ᴉ बलात्कार गर्न पाइदैन ᴉ महिला सुरक्षा ग्यारेन्टी गर ᴉ बलात्कारी बन्दैमा तिमी महान हुदैनौं ᴉ भित्रै बस्न कर भो बाबा भन्नै डर भो ᴉबलात्कारी मुर्दावादᴉ स्वतन्त्रता उपभोग गर्न पाउनैपर्छ ᴉ जस्तानारा लेखिएका थिए र हुलले त्यहि कु रा फलाक्दैहिडेको सुनिन्थियो। सामाजिक अभियन्ता मेरी रिचमण्डको भनाइ छ । सामाजिक संघर्ष अत्यन्तै राम्रो पक्ष हो जसका माध्यमबाटविधायिकी कानुनको परिवर्तन गर्न सकिन्छ । बिहानीको समयमा देखिएको महिलाहरुको सक्रियाता पनि एक किसिमको सामाजिक संघर्ष नै हो । समाज र कानुन परिवर्तनका लागि महिलाहरुको सक्रियता र सशक्तीकरणलाई सलाम छ । मृतक बलात्कृत बालिकाको लास बलात्कारीलाई मृत्यु दण्ड दिने कानुनी व्यवस्था नगरी नवुझ्ने परिवारको मागमा मेरो बिशेष ध्यान गयो ।बलात्कृत महिलाको जीवनमा पुगेको पारिवारिक, सामाजिक, सांस्कृतिक, मनोबैज्ञानिक, शारीरिक, बौदिक, चारित्रिक, पेशागत र आर्थिक क्षेतीको पूर्ति जस्तो सुकै सजाय गरेर पनि हुदैन चाहे त्यो मृत्युदण्ड नै किन नहोस् । नेपाली नागरिक भएको नाताले पीडित परिवारको आलो घाउमा मलम लगाउने प्रयास स्वरूप नेपालको संवैधानिक र कानुनीव्यवस्थाका बारेमा बुझ्न जरुरी ठाने । नेपाल सन्धि ऐनको दफा ९ ले नेपाल पक्ष राष्ट्र भएका कुनै पनि अन्तर्राष्ट्रिय सन्धि-सम्झौता नेपाल कानुन सरह लागू हुन्छ भन्ने व्यवस्था गरेको छ । राष्ट्रिय कानुन बनाउँदा संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि- सम्झौताले माग गरे बमोजिमको कानुन निर्माण गर्नुपर्ने हुन्छ ।अपराधीलाई फाँसीको सजाय हुने गरि कानुन निर्माण गर्न संविधान बाधक छ । संविधानले फाँसीको व्यवस्था होइन बेवास्ता गर भन्छ । संविधाननै बलात्कारीको दासी बनेको छ मृत्युदण्ड न दे भन्छ । अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि-सम्झौताबमोजिम नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ स्वतन्त्रताको हकको उपधारा १ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वकबाँच्न पाउने हक हुनेछ र मृत्युदण्डको सजाय हुने गरी कु नै कानुन बनाइने छैन भन्ने व्यवस्था भएको हुनाले संविधानसंग बाझिने गरी कानुन निर्माण गरेको खण्डमा धारा १ को उपधारा १ बमोजिम बाझिएको हदसम्म अमान्य हुने भएकाले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनेगरी कानुन निर्माण गर्न यसको पक्षमा वकालत गर्न असमर्थ भएको हुँदा क्षमा चाहन्छु । आकाशैखसोस तर पीडित परिवारले न्याय पाउनैपर्छ । लेखक: कानुनका विद्यार्थी हुन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook