सार्थक वार्ताका लागि पहल गर्न प्रमुख दलका प्रमुख सचेतकसँग नेम्वाङको आग्रह

Posted: Tuesday, Mar 17, 2015 17:58 PM ( 2 minutes ago )
काठमाडौं, चैत २ – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अवरुद्ध संविधानसभाको बैठक सञ्चालनबारे मुख्य दलका प्रमुख सचेतकसाँग छलफल गर्नुभएको छ ।
दलका प्रमुख सचेतकलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलबार भेटी उहाँले दलीय वार्ताले सार्थकता पाउन नसके को अवस्थामा संविधानसभाको बैठकलाई धेरै समयसम्म स्थगित गर्न नसकिने भन्दै आ–आफ्नो दलका नेतालाई त्यसबारे गम्भीर बन्न आग्रह गर्नुभएको छ ।
पछिल्लो समय सत्तारुढ र विपक्षी दलको गठबन्धनबीच दुरी झन बढ्दै गएको संकेत देखिन थालेपछि संविधानसभा अध्यक्ष नेम्वाङले प्रमुख सचेतकसँग भेटी सार्थक वार्ताको लागि पहल गर्न आग्रह गर्नुभएको एमाले प्रमुख सचेतक अग्नि खरेलले जनकारी दिनुभयो ।
संविधान निर्माण प्रक्रिया बारे दलबीच सहमति जुट्न
निर्माण प्रक्रिया अघि बढाएका संविधानसभा नेम्वाङले फे रि दलीय सहमतिका लागि बैठकस्थगित गर्नुभएको थियो ।
प्रमुख दलबीच सहमति जुट्ने आशमा संविधानसभा नेम्वाङले माघ २९गतेदेखि अर्को सूचना प्रकाशित नहुन्जेलका लागि संविधानसभा बैठक स्थगित गर्नुभएको थियो । लामो समयसम्म संविधानसभाको बैठक स्थगित गर्न नसकिने भन्दैसमय समयमा दलका नेतालाई सचेत गराउँदै आएका नेम्वाङले मंगलबार प्रमुख सचेतकलाई बोलाई सार्थकवार्ताको पहल नगर्ने हो भने प्रक्रिया अघि बढाउने तर्फ सचेत गराउनुभएको हो ।
सहमतिको दलीय निर्णय पर्खि बसेको संविधानसभा नेम्वाङले विपक्षी गठबन्धनले वार्तावाट समस्या समाधान नहुने भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेपछि उहाँले प्रमुख सचेतकलाई बोलाइ संविधान निर्माण प्रक्रिया अघि बढाउन संके त दिनुभएको हो ।
तर विपक्षी दलले भने यथास्थितिमा संविधान निर्माण प्रक्रिया अघि बढाउनका लागि बैठकआह्वान गरेमा आफू हरु सहभागी नहुने अडान लिएका छन् । एकीकृ त माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखे्रेलले यथास्थितिमा संविधानसभामा नर्फ कने भन्दै परिणाम मुखी वार्तको पहल गर्न आग्रह गर्नुभएको छ ।
संविधानसभाको अन्तिम बैठकमाघ २९ गते बसेको थियो । प्रश्नावली प्रस्ताव समितिले प्रश्नावली प्रस्तुत गरेपनि विपक्षी गठबन्धनको माग अनुसार सहमतिकालागि भन्दैबैठक केही समयका लागि स्थगित गरिएको हो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook