लागूऔषधकोअभियोगमा कुवेतमा नेपालीचेली पक्राउ

उद्दारको पहल गरिदिन परिवारको आग्रह
३ चैत, नवलपरासी। लागुऔषधकारोबारकोअभियोगमा
कुवेतको एक अदालतलेघरेलु कामदारका रुपमाकार्यरत
एक नेपाली चेलीलाई २५बर्षको जेलसजायँ सुनाएकोछ ।
नवलपरासीको कावासोती नगरपालिका-८ निवासी गोमा
दराईलाई त्यहाँको अदालतले लामो जेल सजायँसुनाएको
हो ।दराई गत बर्ष असोजमा घरेलु कामदारका रुपमाकुवेत
गएकी हुन् ।
घरचलाउन गाह्रो भएको भन्दै उनी२ छोरार २छोरीलाई
श्रीमानकोजिम्मामा छोडेरकुवेत गएकी हुन् ।
घरेलु कामदारका रुपमा काम गर्दै आएकी गोमा कुवेत
गएलगत्तै ४ महिनादेखि लागु औषध कारोबारको
अभियोगमा जेलमाछिन् ।उनी जेलपरेको खबरगत
आइतबारसार्वजनिक भएको हो। गोमाजेलमा परेको
खबरलेपरिवारका सदस्य चिन्तित छन् ।
‘गाउँकै एक जनालेभनेपछि मात्रै हामीलेथाहा पायौं,’
आमालाई उद्दारको पहल गरिदिन भन्दै सुरक्षित आप्रवासन
सूचना तथापरामर्श के न्द्र कावासोती आएकी गोमाकी छोरी
आकृ तिलेभनिन्,‘आजभोलि किनफोनगर्नुहुन्न भनेकोत
जेलमा पो हुनुहुँदोरै’छ ।’
उनले आमालाई २५ बर्ष जेल सजायँसुनाइएको भन्दै
छिटो उद्दारकोपहलगरिदिन आग्रहगरिन् ।‘कुवेतको १
हजारबुझाए छुट्नुहुन्छ रे,’आकृ तिले भनिन्।
पक्राउपरेकी गोमालेनवलपरासी रजहरकाएक
व्यक्तिमार्फ त् घरमा पत्र पठाएकी थिइन् ।सोही पत्रका
आधारमा परिवारका सदस्यहरुलेउनी जेलमारहेकोपत्तो
पाएका हुन् ।
गोमाले फे ब्रुअरी २तारिखमा लेखेको दुई पेज लामो पत्रमा
आफ्नी साथी मायाको भनेरदुईवटा नम्बरलेखेरत्यसैमा
फोनगर्न भनेकी छन् ।त्यही नम्बरमा फोन गरेपछि आमा
जेलमा परेको खबरपाएको आकृ तिले बताइन् ।
सुरक्षित आप्रवासनसूचना तथा परामर्श के न्द्र कावासोतीले
गोमाको अवस्था बुझ्ने कामभैरहेको बताएकोछ ।
उनलाई विदेश पठाउने एजेन्टर दूतावासमा सम्पर्क गरी
यथार्थ पत्ता लगाउने र उद्दारगर्ने के न्द्रकी परामर्शदाता
रञ्जना लम्सालले जानकारी दिइन् ।
गोमालाई विदेश पठाउने एजेन्ट लीला गुरुङलेगोमा बसेको
घरबाटआधा किलो ड्रग्सबरामद भएको जानकारीआफूले
पाएको बताएका छन् ।
गुरुङका अनुसारबंगलादेशकी एक महिलाले गोमालाई धेरै
पैसा दिने प्रलोभनमा ड्रग्स राख्न दिएकी थिइन् । ती
बंगलादेशी महिलासँग गोमाको धेरैपटक फोन सम्पर्क
भएको आधारमाविशेष प्रहरीले घरमा छापा मारेर उनलाई
नियन्त्रणमालिएको गुरुङले बताए ।
गोमाले छोरीहरुलाई लेखेको पत्रमा आफू जेल परेको कुरा
लेखेकी छैनन्। तर, आफूलाई फोनमा सम्पर्क गर्न भनेकी
छिन् । फोनगरेपछि उनी जेल परेको थाहापाएको
परिवारका सदस्यले बताएकाछन् ।
पत्रमा उनले छोरीहरु,पति,आमा, भाउजू रदाजुभाइलाई
समेत सम्झेकी छिन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook