अबोध बालिकाबलात्कार गर्नेलाई ३५ बर्ष जेल

प्रकाशित मिति: 6:02:30 pm, March 17, 2015
काठमाडौं,चैत ३– बाराकी ७ वर्षीया अवोध बालिका पूजा शाहलाई बलात्कार गर्ने कन्हाई गुप्तालाई सर्वस्वसहित ३५ बर्ष जेल सजाय हुने भएको छ । बारा जिल्ला अदालतले मंगलवार गुप्तालाई सर्वस्वसहित ३५ बर्ष जेल सजाय हुने फै सला सुनाएको हो । बलात्कारपछि उपचारका क्रममा राजधानीको कान्ती बाल अस्पतालमा गत फागुन २४ गते पूजाको निधन भएको थियो । देशभर शाहमाथि बलात्कार गर्नेलाई फाँसीको सजायको माग भइरहेका बेला न्यायाधीशलिप्त बहादुर थापाको बेन्चले यस्तो फै सला सुनाएको हो । त्यस्तै अदालतले गुप्ताको अंशवा दुई लाख रुपैयाँ क्षतिपुर्ति दिने आदेश दिएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook