हाम्रो समय

आजदेखि एसएलसी सुरु, ५ लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी (फोटोफिचर)


काठमाडौँमा ३४ हजार ५८७, मनाङमा ७४ जना परीक्षार्थी

प्रकाशित मिति: 12:03:48 pm, March 19, 2015











SLC Commences-2071 (1)काठमाडौं, चैत ५– यस वर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि परीक्षा देशैभरि एकैसाथ सुरु भएको हो । परीक्षा नियन्त्रण कार्यालयले परीक्षालाई मर्यादित बनाउन सबै पक्षलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षालाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षलाई आग्रह गरिएको बताए ।

SLC Commences-2071 (4)वर्षको परीक्षामा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० तथा पुनःपरीक्षातर्फ छात्र ५९ हजार २५३ र छात्रा ८५ हजार ९३० गरी कुल पाँच लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी भएका छन् ।
SLC Commences-2071 (5)परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ जना छन् । यस वर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ ।
SLC Commences-2071 (6)परीक्षाका लागि देशभर एक हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा सबैभन्दा बढी काठमाडौँमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक छन् ।
परीक्षाका लागि २७ हजार ९३० सुरक्षाकर्मी, एक हजार ८६२ केन्द्राध्यक्ष, दुई हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ निरीक्षक र सात हजार ६९९ कार्यालय सहायक परिचालन गरिएको छ ।
SLC Commences-2071 (7)परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि दृष्टिविहीन परीक्षार्थीका लागि कक्षा ९ मा अध्ययनरत व्यक्तिलाई सहयोगीका रूपमा राख्न पाउने व्यवस्था गरेको छ । गत वर्षसम्म दृष्टिविहीन परीक्षार्थीले कक्षा ८मा अध्ययनरत विद्यार्थीलाई सहयोगी राख्न पाउँथे ।
SLC Commences-2071 (8)परीक्षाको मर्यादाविपरीत कार्य गर्ने कर्मचारी, सुरक्षाकर्मी, परीक्षार्थीलाई कसुरको मात्रा हेरेर एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरिएको जानकारी परीक्षा नियन्त्रक द्वारेले दिए ।
SLC Commences-2071 (9)परीक्षार्थीले कुनै पनि किसिमको अनियमिता एवम् अनुशासनहीन काम गरेमा तथा अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्द गरी अर्को एक वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिनेछ ।
आज पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook