हाम्रो समय

यी हुन् सीमा र संगीतामाथि 'एसिड हान्‍ने' युवा



२०७१ चैत्र ६ शुक्रबार

फोटो :नेपाल प्रहरी

काठमाडौं : काठमाडौंको बसन्तपुरको ट्युसन सेन्टरमा दुर्इ किशोरीलार्इ एसिड हान्ने युवालार्इ प्रहरीले सार्वजनिक गरेको छ ।

रामेछापको फुलासी गाविस-८ भएका २२ वर्षीय युवा जीवन विकलार्इ महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
लामो अनुसन्धानपछि उनलार्इ प्रहरीले भारतको सिक्किमबाट पक्राउ गरी ल्याएको हो ।

पक्राउ परेका युवा एसिड हानिकएका किशोरीहरु संगीता मगर र सिमा बस्नेत बस्ने घरैमा डेरा बस्दै आएका थिए ।
रामेछापको फुलासी गाविस-८ भएका २२ वर्षीय युवा जीवन विकलार्इ महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
संगीता मगरको परिवारले जीवनमाथि शुरुबाटै शंका गर्दै आएको थियो । संगीता सञ्चारमाध्यमसँग कुरा गर्दै आफूहरुलार्इ एसिड हान्ने युवाको नाम जीवन भएको बताएकी थिइन् ।

जीवनले संगीतालार्इ आफ्नो कोठामा ट्युसन पढ्न बोलाउने गरेका अनुसन्धानबाट खुलेको छ । संगीताले ट्यूसन पढ्न उनको कोठामा जान नमानेपछि जीवनले पटक पटक जिस्क्याउँदै आएको पनि खुलेको छ ।


0 comments

प्रतिक्रिया दिनुश

Facebook