उमाशिपको उपाध्यक्षमा शर्मा र सदस्यसचिवमा कोइराला
| २०७१ चैत्र ६ शुक्रबार
काठमाडौं : उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा चैतन्य शर्मा र सदस्यसचिवमा नारायण कोइराला नियुक्त भएका छन्। मन्त्रीपरिषदको बिहीबारको वैठकले उनीहरुलार्इ चार वर्षका लागि नियुक्त गरिएको हो।
परिषद गत भदौ १२ गतेदेखि उपाध्यक्षविहीन थियो। तत्कालिन उपाध्यक्ष हेमकुमार मिश्र र सदस्यसचिव भीमलाल गुरुङको पदावधि सकिएपछि दुवै पद रिक्त थियो।
शर्मा एमाले कोटा र कोइराला कांग्रेस कोटाबाट नियुक्त भएका हुन्। जिम्मेवार पदमा नियुक्ति नहुँदा परिषदमा नीतिगत तहका थुप्रै कामहरु रोकिएका छन्।
0 comments
प्रतिक्रिया दिनुश
Facebook