हाम्रो समय

बालगृहमा गुणस्तरहीन खाना



२०७१ चैत्र ६ शुक्रबार


फोटो :फाइल तस्‍बिर
१६ बालबालिकाको उद्धार
काठमाडौं : अनाथ र असहाय बालबालिकाको संरक्षण गर्ने भनी सरकारबाट अनुमति लिएर सञ्चालन गरिएको बालगृहले नै बालबालिकालाई अस्वस्थकर खाद्य पदार्थ खुवाउँदै आएको भेटिएको छ।


केन्द्रीय बालक ल्याण समिति, जिल्ला बालक ल्याण समिति काठमाडौं, औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा बालगृहमा राखिएका बालबालिकालाई खुवाउने खाना गुणस्तरहीन पाइएको हो।

अनुगमनमा काठमाडौं महानगरपालिका ९ तिलगंगास्थित 'हाम्रो घर' भन्ने बालगृहले बालबालिकालाई गुणस्तरहीन खाद्यान्न तथा औषधि खुवाउँदै पाइयो।

 औषधि विभाग तथा खाद्य विभागले बुधबार र केन्द्रीय बाल क ल्याण समिति तथा जिल्ला बाल क ल्याण समितिले मंगलबार उक्त बालगृहमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा उक्त बालगृहले बालबालिकालाई म्याद नाघेको खाद्यान्नदेखि मसला, बिस्कुट र चाउचाउसम्म खुवाउँदै आएको खुलेको थियो।

जिल्ला बालक ल्याण समितिकी अधिकृत सुनिता शाहले अनुगमनका क्रममा म्याद नाघेका सबै प्रकारका खाद्यपदार्थ त्यो बालगृहमा भेटिएको जानकारी दिइन्। खाद्यपदार्थ गुणस्तरहीन अवस्थामा भेटिएपछि समितिले खाद्य विभाग र औषधि विभागलाई अनुगमन गरेर थप अनुसन्धान गर्न निर्देशन दिएको थियो।

'भान्छाकोठादेखि सुत्ने कोठासम्म निकै दुर्गन्धित र फोहोरयुक्त भेटियो', उनले भनिन्, 'खाना र खाजामा खुवाउने सबै प्रकारका खाद्यपदार्थ र औषधि म्याद नाघेको अवस्थामा फेलापर्‍यो।'

बाल क ल्याण समितिका अनुसार सञ्चालिका सर्लाही बयलबासकी शर्मिला मैनालीले बालबालिकासहित उक्त बालगृह एक वृद्धाको जिम्मा दिएर विदेश गएकी छन्। बालबालिकाको हेरचाह पनि हुनसकेको छैन।

बालबालिकाले आफैं खाना पकाउने गरेको र स्तरीय खाना पनि नभएको पाइएपछि समितिले उक्त गृहबाट आठ बालक र आठ बालिकाको उद्धार गरेर बूढानीलकण्ठस्थित हिमाली नवीन समाज बालगृहलाई जिम्मा लगाएको छ।

खाद्य विभागका खाद्य निरीक्षक सुमन धितालका अनुसार उक्त बालगृहबाट म्याद नाघेको दालमोठ २२ किलो, सोयाबिन मस्यौरा १० किलो, चाउचाउ र भुजिया चार किलो, नुन ३१ किलो, बेसार १२ किलो, खुर्सानी धुलो १३ किलो, पारले बिस्कुट ३० प्याकेट बरामद गरेर नष्ट गर्न प्रहरीलाई जिम्मा लगाइएको थियो।

'बालबालिकालाई खुवाउन भनेर भान्छामा राखिएको खाद्यपदार्थ उपभोग गर्ने म्याद नाघेर ढुसी लागी दुर्गन्धित अवस्थामा भेटिएको थियो', खाद्य निरीक्षक धितालले भने, 'खाद्य पदार्थ हातले छुँदा च्यापच्याप लाग्ने र भान्छाकोठासमेत निक्कै दुर्गन्धित अवस्थामा भेटियो।'

गुणस्तरहीन खाद्य पदार्थ खुवाउने गृहका सञ्चालकमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। विभागका अनुसार अन्य बालगृहमा पनि अनुगमन गरिनेछ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook