बिस्केट जात्रा २७ गतेदेखि

प्रकाशित मिति: 1:50:42 pm, March 20, 2015
भक्तपुर, चैत ६ – प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्के ट जात्रा यस वर्ष यही चैत २७ गतेदेखि सुरु हुने भएको छ । बिस्के ट जात्राका लागि अति आवश्यक पर्ने भैरव र भद्रकालीको रथनिर्माण तौमढीमा सुरु भएको छ । तान्त्रिक विधिअनुसार काठै काठले पेगौडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथ र भद्रकालीको रथ अबको दुई साताभित्र निर्माण सम्पन्न गरिने गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए । मुख्य गरी मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने रनयाँ वर्षका दिन दिनभर भेलुखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रामा अति आवश्यकपर्ने भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको हो । लिच्छविकालदेखि सुरु भएको यो जात्रा बैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ । विक्रम संवत् अर्थात् सौरमासका आधारमा चल्ने बिस्के ट जात्रा बिःसित अर्थात् नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।जात्रा बैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी सम्पन्न गरिने परम्परा छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook