२०७१ चैत ६ गते २०:१२ मा प्रकाशित
India-Vs-Bangladesh
विश्वकपको क्वार्टरफाइनलमा भारतले बंगलादेशलाई हराएपछि सुरु भएको विवादमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीका अध्यक्ष मुस्तफा कमालले राजीनाको धम्की दिएका छन् ।
उनले म्याचमा फिक्सङको आरोप लगाएका छन् । बिहीबारको खेलपछि मेलबर्नमा बंगलादेशी पत्रकारहरुसँग कुरा गर्दै कमालले आइसीसीको आगामी बैठकमा कुरा उठाउने बताए ।
खेलका क्रममा अम्पायरले गरेको निर्णय पूर्व निर्धारित भएको उनले बताएको एएफपीले जनाएको छ । उनले बंगलादेशी टीभीसँगको कुराकानीमा उनले भनेका छन्-‘आइसीसी अध्यक्षका रुपमा जे भन्नु पर्ने हो आगामी बैठकमा भन्छु । यो पनि हुनसक्छ कि म राजीनामा दिन्छु ।’
अम्पायरले राम्रो निर्णय नगरेको कमालको आरोप छ । दोस्रो क्वार्टरफाइनलमा भारतले बंगलादेशलाई १०९ रनको फराकिलो जित हात पारेको थियो । भारतको जितमा रोहित शर्माले १३७ रन बनाए ।
रोहित व्यक्तिगत ९० रनमा रहँदा रुबेल हुसेनले क्याच लिएका थिए । तर, अम्पायर अलिम दार र इयान गोल्डले नो बलको इशारा गरे ।
बंगलादेशका समस्र्थक स्टार ब्याट्सम्यान महमुदुल्लाहलाई आउट दिएकोमा पनि आक्रोसित थिए ।
हाम्रो समय
बंगलादेशको हारपछि बबाल, आइसीसी अध्यक्षले दिए राजीनामाको धम्की
0 comments
प्रतिक्रिया दिनुश
Facebook