हाम्रो समय

काठमाडौंको आकाशमै ट्राफिक जाम

काठमाडौं- देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा

पार्कि ङ अभाव भएपछि काठमाडौंको आकाशमा ट्राफिक

जाम भएको छ। नयाँदिल्लीबाट आएका दुई वटा एयर

इन्डियाका एयर बस जहाज, जेट एयरवेज एउटा जहाज र

चीनको कु म्निङबाट आएको दुई वटा बोइङ काठमाडौंको

आकाशमा फन्को लगाइरहेका छन्। शारजहाँबाटआएको

एयर अरेबियाको एउटा जहाज लखनउ डाइभर्ट भएको छ।

विमानस्थलका कामुमहाप्रबन्धक वीरेन्द्रकु मार श्रेष्ठले

आफू हरुसँग पार्कि ङ अभाव रहेको बताए। पार्कि ङ अभाव

भएपछि जहाजहरुलाई आकाशमै होल्ड गराइएको उनले

स्विकारे। 'विमानस्थल सुचारु भएसँगै सबैले फ्लाइट थपेका

छन्,' 'पार्कि ङ अभावले

आकाशमै होल्ड गराउन बाध्य भएका हौं।'

अहिले आकाशमा दिल्लीबाट आएका एयर इन्डियाका

ए३२१-२११एयरबस दुइ वटा, दिल्लीबाटै आएको बोइङ

७३७-८५ आर र चीनको कु म्निङबाट आएका चाइना इस्टर्न

एयरलाइन्सको बोइङ ७३७-७९ पी दुइ वटा जहाज

आकाशमै फन्को लगाइरहेका छन्।

ल्यान्ड गर्न समय लाग्ने भएपछि शारजाहबाट आएको एयर

अरेबियाको जहाज भारतको लखनउ डाइभर्ट भएको छ।

दुर्घटनामा परेको टर्कि स एयरलाइन्सको जहाज पार्कि ङमा

पुर्या्एसँगै त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर

ट्राफिक अस्तवयस्त भएको हो।

0 comments

प्रतिक्रिया दिनुश

Facebook