निर्वाचन स्वच्छ बनाउन आग्रह
प्रकाशित मिति : सोमबार, चैत ९, २०७१
काठमाडौँ। निर्वाचन आयोगले बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा यही चैत २८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनमा स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दललगायत सबै सरोकार भएकालाई आग्रह गरेको छ ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रमसमेत पूरा भइसकेको छ । आयोगका सचिव मधुप्रसाद रेग्मीले निर्वाचनका लागि केन्द्रका तर्फबाट सबै तयारी पूरा भइसकेको बताउनुभयो ।
आयोगका सहसचिव वीरबहादुर राई, लीलादेवी गड्तौला र मातृकाप्रसाद श्रेष्ठले उपनिर्वाचनको तयारी, निर्वाचन कानुन एवं आचरसंहिता र विद्युतीय मतदानयन्त्रको प्रयोगका बारेमा प्रस्तुति राख्नुभएको थियो ।
गत फागुन १० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र फागुन १५ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताले मात्र उपनिर्वाचनमा मतदान गर्न पाउने छन् ।
सो अवसरमा सहभागीलाई विद्युतीय मतदान यन्त्रबाट नमुना मतदान तथा मतगणनासमेत गराइएकोे थियो । अन्तक्र्रियामा सहभागी २३ राजनीतिक दलले उपनिर्वाचनका लागि आयोगले गरेको तयारीका विषयमा सन्तोष व्यक्त गर्दैस्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउनेमा आयोग अझ बढी सजग रहनुपर्नेमा जोड दिएका थिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook