यस्तो हुने छ अबको नयाँ नोटमा नयाँ गभर्नरको हस्ताक्षर

19th March 2015| ५ चैत्र २०७१
राष्ट्र बैंकबाट यसरी विदा भए गभर्नर खतिवडा
राष्ट्र बैंक गभर्नरमा चिरञ्जीवी नेपाल
नयाँ गभर्नर बनेका चिरञ्जीवी नेपालको हुन् ? सुदर्शन सापकोटा -
काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर पद आकर्षकहुनुको प्रमुख कारण जन–जनको हातमा पुग्ने नोटमा हस्ताक्षर गर्नु पनि हो। नयाँ गभर्नर डा. चिरञ्जीवी नेपालको हस्तक्षर भएको नोट अर्को वर्षदेखि सबैको हातमा पुग्ने छ।
२०१३ साल वैशाख १४ गते नियुक्त भएको नेपालका पहिला गभर्नर हिमालय शम्शेर राणादेखि अहिलेसम्म १७ जनाले नयाँ नोटमा हस्ताक्षर गरिसके का छन्। कामु गभर्नर कृष्णबहादुर मानन्धरसम्मले नोटमा हस्ताक्षर गरिसके ।
छोटो समयका लागि गभर्नर भएका दीपेन्द्रबहादुर क्षेत्री र दीपेन्द्रपुरुष ढकालले पनि नोटमा हस्ताक्षर गर्ने मौका पाए। क्षेत्रीले निश्चित नोटहरुमा मात्र हस्ताक्षर गरे भने ढकालले भने छोटो समयमा पनि सबै दरका नोटमा हस्ताक्षर गर्न भ्याए।
अहिलेसम्म नोटमा राणा, लक्ष्मीनाथ गौतम, प्रद्युम्नलाल राजभन्डारी, डा. भेषबहादुर थापा, डा. यादवप्रसाद पन्त, कुलशंकर शर्मा, कल्याणविक्रम अधिकारी, गणेशबहादुर थापा, हरिशंकरत्रिपाठी, सत्येन्द्रप्यारा श्रेष्ठ, डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई, कृष्णबहादुर मानन्धर, दीपेन्द्रबहादुर क्षेत्री र डा. युवराज खतिवडाले हस्ताक्षर गरिसकेका छन्।
नोटमा हस्ताक्षर गर्ने भएकाले पनि कुनै पनि मुलुकको गभर्नरलाई 'चीफ क्यासियर अफ दी नेसन' पनि भनिन्छ। नेपालका नयाँ गभर्नर चिरञ्जीवी नेपालले पनि त्यही हैसियतमा नयाँ नोटमा हस्ताक्षर गर्नेछन्।
0 comments
प्रतिक्रिया दिनुश
Facebook