कुमार सांगकाराले बनाए विश्वरेकर्ड

श्रीलंकाका ब्याट्सम्यान कुमार सांगाकाराले विश्व रेकर्ड बनाएका छन्। अष्ट्रेलिया र न्यूजील्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार स्कटल्यान्डविरुद्दको खेलमा उनले वान डे क्रिके टको इतिहासमा लगातारचार खेलमा सतक बनाउँदै एउटै विश्वकपमा सबैभन्दा बढी सतकबनाउने रेकर्ड बनाएका हुन्।
उनले स्कटल्यान्डविरुद्दको बुधबारको खेलमा ९५ बलमा १ सय २४ रनबनाएका थिए। त्यस क्रममा उनले १३ चौका र४ छक्का समेत प्रहारगरे।
यसअघि वान डे क्रिकेटमा लगातारतीन सतकबनाउने रेकर्ड अहिलेसम्म ६ जना खेलाडीको नाममा छ। लगातार तीन सतकलगाउने खेलाडीमा दक्षिण अफ्रिकाका तीन तथा दुर्इ पाकिस्तानी र एकन्यूजिल्यान्डका खेलाडी छन्।
वान डे क्रिके टमा लगातार तीन खेलमा सतकलगाउने रेकर्ड सबैभन्दा पहिले सन् १९८२-८३ मा भारतविरुद्द लगातारतीन वान डे खेलमा सतक जोडेका पाकिस्तानी ब्याट्स्यान जहिर अब्बास राखेका थिए।
उनीपछि पाकिस्तानकै सईद अनवर, दक्षिण अफ्रिकाका हर्सेल गिब्स, एबी डिभिलियर्स, क्विन्टन डिककर न्युजिल्यान्डका रोज टेलरले पनि लगातार तीन खेलमा सतकबनाएका छन्।
सांगकाराले जारी विश्वकपमा बंगलादेश, इंग्ल्यान्ड, अस्ट्रेलिया र स्कटल्यान्डविरुद्द सतक प्रहारगरेका छन्।
सतकबनाउने क्रममा उनले बंगलादेशविरुद्द अभिजित १०५ रन रइंग्ल्यान्डविरुद्द अभजित ११७ रन तथा अस्ट्रेलियाविरुद्द १०४ रन बनाएका थिए।
स्कटल्यान्डविरुद्दको सतकसहित सांगाकाराले विश्वकप क्रिके टमा ५ सतक बनाइसके का छन्। विश्वकपमा सबैभन्दा धेरैसतक बनाउने खेलाडीको रेकर्ड भारतका सचिन तेन्दुलकरको नाममा रहेको छ ।उनले ६ वटा विश्वकपमा ६ वटा सतकबनाएका छन्। यसअघि अष्ट्रेलियाका रिकी पोन्टिङले कुल ५ शतकबनाएका थिए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook