हाम्रो समय

अर्को विमानस्थल तुरुन्त बनाऊ !

08 Mar 2015 आइतबार २४ फागुन, २०७१

परेर पनि नचेत्नेलाई मूर्ख भनिन्छ । नेपालका शासकहरू पटकपटक मूर्ख बन्दै आएका छन् । तिनको मूर्खताको फल भने देश र जनताले भोग्नुपर्छ । वैकल्पिक अन्तर्राष्ट्रिय विमान स्थल नहुँदाको अहिले हजारौं नेपाली र विदेशीसमेतले सास्ती भोग्नुप¥यो । टर्कि स एअरलाइन्सको विमान गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने क्रममा दुर्घटनाग्रस्त भएपछि ४ दिनसम्म नेपालमा अन्तर्राष्ट्रिय हवाई आवागमन हुन सके न । टर्कि स विमानलाई धावन मार्गबाट हटाउन आएको भारतीय वायु सेनाको विमानबाहेक अरू जहाज उड्न रओर्लन सकेनन् । फलस्वरूप, देशभित्र र बाहिर गरी करिब ४० हजार यात्रु विभिन्न विमानस्थलमा अलपत्र परेका छन् । नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल भएको भए यस्तो कष्ट रकन्तबिजोग हुने थिएन ।
नेपालमा अर्को अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको चर्चा भएको धेरै भइसक्यो । निजगढ, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा बेलाबखत चुलिन्छ र त्यसै सेलाउँछ । कु नै एउटा स्थानमा विमानस्थल बनाउने प्रक्रिया अगाडि बढाइनेबित्तिकै अर्को प्रस्तावित ठाउँमा बासिन्दालाई राजनीति गर्नेहरूले आन्दोलनमा उचाल्छन् । व्यक्तिगत स्वार्थ पूरा नभएसम्म निर्णयका लागि कलमै नचोप्ने कर्मचारीले निहुँ पाउनेबित्तिकै योजनाको फाइल दराजमा थकिन्छ । यसैगरी कुनै स्थानमा विमानस्थल बनाउने प्रक्रिया अगाडि बढ्नेबित्तिकै स्थानीय जनता पनि जुर्मुराउन थाल्छन् र आफ्ना सबै माग पूरा गराइहाल्ने मौका छोप्न खोज्छन् । ठूला सडक र जलविद्युत् आयोजनाको जस्तै अन्तर्राष्ट्रिय विमान स्थलको पनि सुरु नै नभई तुहिने नियति दोहोरिँदै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा देशले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ । पर्यटकको विश्वास गुम्यो भने त्यसको झन् महंगो मूल्य चुक्ता गर्नुपर्नेछ । विदेशमा अलपत्र परेका नेपालीको सरकार र राज्य संयन्त्रप्रतिको विश्वास टुट्नेछ । टर्कि स एअरलाइन्सका चालकले जानीजानी दुर्घटना गराएका पक्कै हैन । दुर्घटनाको कारण थाहा भइसकेको छैन । यसैले अहिले यसलाई भवितव्य मान्न सकिन्छ । तर धावन मार्गबाट विमान हटाउन आवश्यकउपकरण, साधन र जनशक्तिको व्यवस्था भएको भए विमानस्थल यति लामो समयसम्म बन्द राख्नुपर्ने थिएन । यस्तै, अर्को अन्तर्राष्ट्रिय विमानस्थल पनि भएको भएविदेशबाट आउने विमानलाई त्यतै पठाउन सकिन्थ्यो । यात्रुहरूलाई यति धेरै दुःख हुने थिएन । अहिलेको संकटबाट पाठ सिकेर अब त्रिभुवन विमानस्थलमा सबै प्रकारका आकस्मिक अवस्थाका लागि आवश्यकउपकरण र जनशक्तिको व्यवस्था तत्काल गर्नुपर्छ ।

यसैगरी, अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना कार्यान्वयनको व्यवस्था पनि मिलाइहाल्नुपर्ने देखिन्छ । नेपालको क्षमता र आवश्यकता हेर्दा प्रस्तावित सबै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनु आवश्यक छ । सबै योजना अगाडि बढाइए कु नै योजना अगाडि बढ्नेबित्तिकै अरू ठाउँबाट विरोध हुने पनि छैन । तर, प्राथमिकता भने छिटो बन्नसक्ने योजनालाई दिइनुपर्छ । पक्कै पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन धेरै पैसा र लामो समय लाग्छ । यसैले विचार गरेरै प्राथमिकता निर्धारण गर्नुपर्छ तर, अहिलेको समस्या पैसाको भने अवश्य पनि हैन । सार्वजनिक– निजी साझेदारीमा समेत विमानस्थल बनाउन सकिन्छ । ऋण र अनुदान सहयोग पनि पाउन सकिन्छ । सत्तामा पुग्नेहरूमा दृढ इच्छाशक्ति र स्वच्छ नियत भए मुलुक यस्तो संकटको भासमा पक्कै फस्ने थिएन ।

अब त परेर पनि नचेत्ने मूर्ख हुन छाड

0 comments

प्रतिक्रिया दिनुश

Facebook