हाम्रो समय

राजधानीमा महिलालाई छुट्टै बस

08 Mar2015 | 08:13am आइतबार २४ फागुन, 2071

काठमाडौं— राजधानीमा आइतबार महिला सार्वजनिक यातायात सुरु हुने भएको छ। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा 'पिंक सेवा' सञ्चालनमा ल्याउन लागिएको सञ्चालक संस्था क्याप नेपाल र सशक्त महिला सशक्त समाजले जनाएका छन्।

नारी दिवसकै दिन पारेर उद्घाटन गर्न लागिएको सो बस साँखु– रत्नपार्क रुटमा चल्ने भएको छ । सेवाको उट्घाटन पहिलो टेम्पो चालक लक्ष्मी शर्माले पद्मकन्या कलेजअघि गर्ने कार्यक्रम छ ।

सुरुमा दुई वटा र छिट्टै दस वटा बस राजधानीको चक्रपथ तथा भित्री रुटमा सञ्चालन गरिने सञ्चालक संस्था सशक्त महिला सशक्त समाजकी अध्यक्ष सम्झना फु याँलले बताइन् । प्रत्येक दस मिनेटभित्र कु नै पनि स्टेसनबाट छु टिसक्ने बसको छु ट्टै विशेषता भएको अध्यक्ष फु याँलले बताइन् ।

फु याँलका अनुसार बस चालक र सहयोगी कर्मचारी दुवै महिला नै रहनेछन् ।

सेफ सिटी इन्डिया र सशक्त महिला समाजले गत सेप्टेम्बरमा नेपालमा गरेको अध्ययन सर्वेक्षणले सार्वजनिक यातायातमा चढ्ने महिलामध्ये ७१ प्रतिशत दुव्र्यवहारको सिकार हुने गरेको देखाएको थियो

0 comments

प्रतिक्रिया दिनुश

Facebook