हाम्रो समय

युरोपको चर्तित अप्रिलिआ बाईक नेपाली बजारमा


March 31, 2015

युरोपको चर्तित अप्रिलिआ बाईक नेपाली बजारमा
काठमाडौं, १७ चैत । युरोपको चर्चित मोटरसाइकल अप्रिलिआ नेपाली बजारमा भित्रिएको छ । जेएनजे इन्टरनेसनलले २ मोडल नेपाली बजारमा बिक्री सुरु गरेको हो । यो युरोपमा उत्कृष्ट रेसिङ बाइक मानिन्छ ।
नेपाली बजारमा १५० सीसी इन्जिन क्षमता रहेको एसटिएक्स रोड र इटिएक्स इन्ड्युरो बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । एसटिएक्स रोड बाइक पिच रोडका लागि उपयुक्त छ । इटिएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारो रोडमा पनि सजिलै कुदाउन सकिने हुँदा कच्ची बाटोका लागि उपयुक्त मानिएको छ ।
हाल एसटिएक्स रोडको मूल्य २ लाख ९० हजार रुपैयाँ र इटिएक्स इन्ड्युरोको ३ लाख ३० हजार रुपैयाँ रहेको छ । अप्रिलिआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ विश्व च्याम्पिसयनसिपमा ५४ वटा मेडल जितेको छ । यो ब्रान्डका बाइक सन् १९०५ देखि पिआजीओ गु्रपले उत्पादन गर्दै आएको छ । यो बाइक सबै उमेर समूहका लागि उपयुक्त हुने कम्पनीका प्रबन्ध निर्देशक जितेन्द्रमान श्रेष्ठले बताए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook