हाम्रो समय

विश्वमा सबै भन्दा बढी सवारी जाम हुने शहरहरु


March 31, 2015

विश्वमा सबै भन्दा बढी सवारी जाम हुने शहरहरु


वासिङटन, १७ चैत-बेलुकीको व्यस्त समयमा खराब मानिएको सहरको सूचीमा टर्कीको इस्तानबुल शीर्षमा परेको छ । कार्यालय छुट्ने बेलुकीको समयमा इस्तानबुलको सवारी आवागमनको चापका कारण यो सहर विश्वमै खराबमा परेको हो । इस्तानबुलले एसिया र युरोपलाई जोड्ने गरेको छ । इस्तानबुलमा यात्रुहरुले दैनिक ३० मिनेट सवारी जाममा समय बिताउनु पर्ने अवस्था छ । जीपीएस उत्पादक टम टमले स्वतन्त्र आवागमनमा ३० मिनेट समय लाग्ने यात्रुले बेलुकाको व्यस्त समयमा १ घन्टा बिताउनु पर्ने बताएका छन् ।

दोस्रो खराबमा मस्को परेको छ । मस्कोमा पनि यात्रुहरुले बेलुकीको कार्यालय छुट्ने समयमा यात्रा गर्दा ३० मिनेट बढी समय लाग्ने गरेको छ । मस्कोमा व्यस्त समय बाहेक अन्य समयमा पनि सवारीको चाप बढी हुने गरेको छ । समग्रमा मस्कोको सवारी चौथो खराबमा परेको छ ।

रुसकै अर्को सहर सेन्ट पिटर्सबर्ग पनि मस्को भन्दा त्यती पर छैन । याहाँ यात्रुले यात्रा गर्दा लाग्ने सामान्य समयभन्दा २९ मिनेट बढी कुर्नुपर्छ । उनीहरुले औसतमा प्रत्येक वर्ष ११० घन्टा कुर्नुपर्छ ।

मेक्सिको सिटीको सवारी चाप पनि खराब छ । समग्रमा मेक्सिकोको राजधानीको सवारी चापको अवस्था दोस्रो खराब देखिएको छ । व्यस्त समयमा याहाँको सवारी जामको अवस्था चौथो खराबमा परेको छ । यहाँ सामान्य अवस्थामा यात्रा गर्न ३० मिनेट समय लाग्ने भएपनि बेलुकीको व्यस्त समयमा ५८ मिनेट लाग्छ ।

सवारी जामको दृष्टिकोणबाट चोङकुङ चीनकै खराब सहर भएको छ । यो सहरमा बेलुकीको सवारीमा औसत २५ मिनेट ढिलो हुने गरेको छ । दक्षिण पश्चिम चीनमा रहेको यो सहर विभिन्न नदी र पहाडमा निर्मित छ । यसको सडक सञ्जाल प्रायजसो पुल र सुरुङले भरिएको छ । सवारी जामका विज्ञ निक कोहनले नदीमाथिको पुलले धेरै सवारी जाम गराउने गरेको र चालकहरु यो छल्न असफल भएको बताउछन् ।

बेलुकीको व्यस्त समयमा सवारी जाम हुने मामिलामा कुख्याती कमाएको सहर मध्ये ब्राजिलको रेसिफ पनि परेको छ । बेलुकाको व्यस्त समयमा यो सहरमा सवारी आवागमन औसत २४ मिनेट ढिलो हुने गरेको छ । यो सहरमा वार्षिक औसतमा ९४ घन्टा सवारी आवागनमा ढिला हुने गरेको छ ।

रोमानियाको बुचारेस्ट, ब्राजिलको रियो द जेनेरियो, चीनको सेन्झेन र अमेरिकाको लस एन्जलस पनि सवारी आवागमनमा अवरोध आउने सहरमध्येमा परेका छन् । एजेन्सी

0 comments

प्रतिक्रिया दिनुश

Facebook